Home » » डुम्रे—बेशीसहर–मनाङ सडकखण्डमा १५ सय घरटहरा भत्काइने

डुम्रे—बेशीसहर–मनाङ सडकखण्डमा १५ सय घरटहरा भत्काइने

लमजुङ, असार ११— तनहुँको डुम्रेदेखि लमजुङको बेशीसहर हुँदै मनाङसम्मकोे सडकछेउ मापदण्डविपरीत बनेका १५ मिटर आसपासका घर टहराहरु भौतिक योजना मन्त्रालय र सडक विभागको संयुक्त पहलमा भत्काइने भएको छ । मापदण्डविपरीत बनाइएका आ–आफ्ना घर टहराहरु आफै भत्काउन घरधनीहरुलाई आग्रह गर्दै मालपोत कार्यालयले १५ दिने म्याद दिएर सूचना टाँसिसकेको छ । यसै क्रममा लमजुङका १५ सय घरधुरी भत्किने भएपछि त्यस क्षेत्रमा सडक आसपासका बासिन्दाहरु आतङ्कित भएका छन् । लमजुङ सदरमुकामबासीले संघर्ष समिति बनाएर सो कार्यको विरोध गर्दै निर्णय सच्याउन माग गरी मङ्गलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पढाएका छन् । मागको सुनुवाई नगरे थप आन्दोलनका कार्यक्रम गरिने संघर्ष समितिको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf