सोलुखुम्बु, १९ वैशाख । आज बिहान बाघको आक्रमणमा परी नेचाबतासे–३ सोलुखुम्बुमा चार जना गम्भीर घाइते भएका छन् । बिहान ८ः०० बजे बारीमा काम गर्न गएको बेला एक्कासी बाघले आक्रमण गर्दा उनीहरु घाइते भएको प्रहरी नायब उपरीक्षक बद्रीबिक्रम थापाले जानकारी दिनुभयो ।
प्रनाउ थापाका अनुसार घाइते हुनेहरुमा २८ वर्षीय नवीन राई, १९ वर्षीय दीपेन्द्र राई, ४२ वर्षीय भैराज राई र वर्ष २३ का प्रबिण राई रहेका छन् । घाइतेको नेचा सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि मिसन अस्पताल ओखलढुङ्गा लगिँदै गरेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हात र अनुहारमा गम्भीर चोट लागेको छ । घटनापछि इलाका प्रहरी कार्यालय नेचा र इलाका वन कार्यालय सल्यानले घटनाको स्थलगत मुचुल्का तयार गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला बन कार्यालयमा पठाएका छन् ।
यस्तै, गोराखानी–६ का ४५ वर्षीय जिवा तामाङ भीरबाट लडेको अवस्थामा मृत भेटिएका छन् । मादक पदार्थ सेवन गरेर हिँडेका तामाङ भीरबाट लडेर मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।