Home » » एसीसी प्रिमियर क्रिकेटमा नेपालको विजयी सुरुवात, युएई चार विकेटले पराजित

एसीसी प्रिमियर क्रिकेटमा नेपालको विजयी सुरुवात, युएई चार विकेटले पराजित

१८ बैशाख, लमजुङ्। नेपालले मलेसियामा जारी एसीसी पि्रमियर क्रिकेटमा युएईलाई पराजित गरेर विजयी सुरुवात गरेको छ ।  युएईले दिएको १९२ रनको लक्ष नेपालले ३९.५ ओभरमा ६ विकेटको क्षतिमा भेटाएको थियो । खेलको पहिलो दिन नै नेपालले पाएको यो सफलताबाट नेपाली दर्शकहरु उत्साही देखिएका छन् ।
एक सय ९२ रनको लक्ष्य पाएको नेपालले जवाफि व्याटिङ गरेकाे थियो । संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले ४८ दशमलब १  ओभरमा समेटेर एक सय ९२ रनमा सीमित पारेको थियो । टस हारेर व्याटिङको निम्तो पाएको टीम युएईका स्वप्नील पाटिलले ७६ रन बनाए भने, कृष्णचन्द्रन कराटेले ३६ र मोहम्मद साहजादले २५ रन जोडेका थिए ।
प्रतियोगितामा सोमपाल कामी र मेहबुब आलमले तीन तीन विकेट लिए भने शक्ति गौचनले २ र सागर पुनले १ विकेट हात पारे । नेपालले चौथो ओभर जारी रहँदा पहिलो विकेट लिएको थियो । पहिलो विकेट जाँदा युएईको १५ रन मात्र थियो ।
चिरप्रतिद्वन्द्वी युएई र नेपाल एसीसी प्रिमियर क्रिकेटमा सन् २०१२ मा भिडेका थिए । त्यसबेला नेपाल र युएईवीचको खेल बराबरीमा टुंगिएपछि संयुक्तरुपमा ट्रफी उचालेका थिए । सन् १९९८ यता नेपाल र युएई अहिलेसम्म ९ पटक भिडेका छन् । जसमा युएईकै पल्लाभारी रहदै आएको छ । नेपालविरुद्ध युएईले ७ पटक जित हात पारेको छ भने नेपालले एक खेलमात्रै जितेको छ । एक खेल भने बराबरीमा टुंगिएको थियो ।
प्रिमियर लिग क्रिकेटमा सन् २०१२ मा युएइृमा भएको एसीसी ट्रफिमा शीर्ष ६ मा परेका देशले सहभागिता जनाएका छन् । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालसँगै हङकङ, अफगानिस्तान, ओमान, मलेसिया र युएई सहभागि छन् । सन् १९९६ देखि गर्दै आएको एसीसी ट्रफि एलिटलाई नयाँ संरचनामा ढालेर एसीसीले एसीसी प्रिमियर लिग आयोजना गरेको हो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf