Home » » भारतको आन्तरिक मामिलामा नेपालको हस्तक्षेप

भारतको आन्तरिक मामिलामा नेपालको हस्तक्षेप

१९ बैशाख,लमजुङ्। नेपालले भारतको प्रजातान्त्रिक प्रकृयामा कुनै भूमिका खेल्न सक्छ ? त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हैसियत राख्छ ? नेपालको माइक्रोम्यानेजमेन्टमा भारतको भूमिका बुझ्नेहरुका लागि यो एउटा ठट्टाको बिषयमात्र हुनसक्छ ।
तर, नेपालका एफएम रेडियोहरुले भारतको आन्तरिक मामिलामा दख्खल पुराइरहेको भारतीयहरुको सुन्दा नेपालले पनि भारतको राजनीतिमा हस्तक्षेप गर्दोरहेछ भन्ने स्पष्ट हुन्छ । भारतमा अहिले लोकसभा निर्वाचन भइरहेको छ । चुनाव प्रचार भडकिलो हुन नदिन बिभिन्न नियम बनाएको भारतीय निर्वाचन आयोगका लागि नेपाली भूमिबाट सञ्चालित झण्डै १ सय ४ वटा एफएम रेडियो स्टेसन टाउको दुखाइको विषय बनेका छन् ।
हिन्दुस्तान टाइम्स दैनिकका अनुसार ७ सय ५० किलोमिटर सीमा क्षेत्रमा रहेका बिहारका करिव १४ वटा निर्वाचन क्षेत्रमा नेपालका एफएम रेडियोहरु लोकपि्रय छन् । भारतीय क्षेत्रमा एफएम रेडियोको संख्या कम रहेको र नेपाली एफएमले भारतीय भाषाभाषीलाई समेत लक्षित गरेर बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
नेपालबाट चुनाव प्रचार
टाइम्सकाअनुसार चारवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका उम्मेदवारहरुले अहिले आफ्नो प्रचारका लागि नेपाली एफएम रेडियो उपयोग गरिरहेका छन् । भारतमाभन्दा निकै सस्तो मूल्यमा बिज्ञापन प्रसारण हुने भएकाले सुरुमा सीमावर्ती क्षेत्रका भारतीय ब्यापारीहरु नेपाली एफएमलाई बिजनेस दिन थालेका थिए, अहिले नेताहरुले त्यसको सिको गरेका छन् ।
बीरगंजबाट प्रसारित इन्द्रेणी एफएम, गौरबाट प्रसारण हुने राजदेवी एफएमले अहिले भारतीय राजनीतिका विषयमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यसैगरी रेडियो मिथिला, मधेसी रेडियो, रेडियो टुडे, गढिमाई एफएम, भोजपुरी रेडियो, संस्कार रेडियो, नारायणी एफएम, रेडियो बीरगंजले पनि भारतीय गाउँगाउँमा लोकपि्रयता पाएको भारतीइ पत्रिकाले लेखेको छ ।
भारतीय निर्वाचन आयोगले प्रतिउम्मेदवार निर्वाचन खर्च ७० लाख तोकेको छ । आयोगलाई छल्न र कम खर्चमा आफ्नो प्रचार गर्न अहिले भारतीय राजनीतिज्ञ नेपाली रेडियोको सहारा लिइरहेका छन् । राष्ट्रिय जनता दल मोतिहारीका मनोज पासवान भन्छन-’नेपाली रेडियो हाम्रा गाउँका लागि निर्विकल्प बनेका छन् ।’
बिधानसभा चुनावमा भारतीय पक्षले नेपाली रेडियोको प्रसारणप्रति चासो देखाउँदै भारतीय राजनीतिका बिषयमा सामाग्री प्रसारण गर्न एफएम रेडियोहरुलाई आग्रह गरिदिन भन्दै नेपाल पक्षसँग सहयोग मागेको थियो । तर, यो चुनावमा प्रचारप्रसारका लागि नेपाली रेडियोको प्रयोग झन बढेको छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf