परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label नेपाल भारत. Show all posts
Showing posts with label नेपाल भारत. Show all posts

भारतीय कम्पनीलाई दिन खोजिएको फास्ट ट्रयाकको ठेक्का सर्वोच्चले रोकिदियो

काठमाडौं– भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिको जोडबलमा काठमाडौंलाई तराईसँग जोड्ने फाष्ट ट्रयाक बनाउने ठेक्का भारतीय कम्पनीलाई दिन खोजिइरहेको बेला सर्वोच्च अदालतले त्यसलाई रोक्न अन्तरिम आदेश दिएको छ ।supreme-court
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले सो आदेश दिएको हो । आदेशअनुसार सो प्रक्रिया कात्तिक ११ गतेसम्म जुन अवस्थामा थियो त्यही अवस्थामा राख्न भनिएको छ ।
सो ठेक्का दिने तयारी रोक्न माग गर्दै अधिवक्ता भाइराजा राई र पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए ।
विदेशीलाई फाष्ट ट्रयाक निर्माणको जिम्मा दिन नहुने अडान राख्दै आएका पूर्व मूख्य सचिव लिलामणि पौडेलले सो ठेक्का भारतीय कम्पनीलाई दिइए खरब रुपैयाँसम्म भ्रष्टाचार हुने खतरा बताउँदै आएका छन् ।
उनले आफू मुख्य सचिव हुँदा त्यसलाई रोक्दै आएपनि आफूले अवकास पाएसँगै फेरि भारतलाई नै दिने चलखेल भएको केहि दिनपहिले बताएका थिए ।

म्यागी चाउचाउ नेपालमा प्रतिबन्धित


अत्याधिक मात्रामा शिशा भेटियो
लम्जुङ : सरकारले म्यागी ब्रान्डको चाउचाउ विक्रीमा प्रतिबन्ध लगाएको छ । नेस्ले इन्डियन प्रालिको उत्पादन म्यागी चाउचाउ भारतबाट आयात र विक्रीणमा प्रतिबन्ध लगाइएको हो ।

म्यागी ब्राण्डको चाउचाउमा अखाद्य तत्वमात्रा अत्याधिक भेटिएपछि भारत सरकाले त्यहाँका विभिन्न प्रान्तमा विक्रीमा प्रतिबन्ध लगाएलगत्तै नेपाल सरकारको यो कदम आएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार विज्ञप्ती निकालेर नेपालमा म्यागी चाउचाउन बेच्न प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

विभागले म्यागी चाउचाउको गुणस्तरबारे अनुसन्धान थालिएकाले तत्कालका लागि नेपालमा बिक्री वितरणमा रोक लगाइएको जनाएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बिहीबार निकालेको विज्ञप्तिमा अर्को सूचना नआएसम्मका लागि म्यागी बेच्न प्रतिबन्ध लगाइएको उल्लेख गरेका छन् ।

'अर्को सूचना नआएसम्म म्यागी ब्राण्डका चाउचाउ आयात, निर्यात र बिक्री वितरण गर्न गराउन बन्देज लगाइएको सबैमा सूचित गरिन्छ', विज्ञप्तीमा भनिएको छ ।

विभागले म्यागी ब्रण्डका चाउचाउ उपभोग नगर्नसमेत उपभोक्ताहरुलार्इ सचेत गराएको छ ।सरकारले भन्सारमा तथा गोदाम थन्किएका म्यागी चाउचाउ बजारमा नपठाउन पनि यसअघि नै सम्बन्धित निकायलार्इ निर्देश दिइसकेको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले म्यागीको नमुना संकलन गरेर अनुसन्धान थालिएको जानकारी दिएको छ । म्यागी चाउचाउमा अत्याधिक मात्रामा शिशा पाइएको जानकारी पाएपछि गम्भीरतापूर्वक अनुसन्धान थालिएको जानकारी विभागले दिएको छ ।

भारतीय मिडिया ‘घर जाउ’ भनेपछि भारतीय मिडियामा देखिएको प्रतिक्रिया (फोटो फिचर)

२१ बैशाख, लमजुङ,।
आइतबार नेपाली सहित भारतीय ट्वीटर प्रयोगकर्ताहरुले विश्वभरी नै हंगामा गरे । एक जनाले शुरु गरेको ‘
#GoHomeIndianMedia‘ ह्याश ट्यागले ट्वीटरमा हंगामा गरेपछि भारतीय मिडियामा पनि यसको प्रभाव पर्‍यो ।
नेपालमा भारतीय मिडियाप्रति देखिएको आक्रोशलाई अधिकाँश सञ्चार माध्यमले आफ्नो विषय बस्तु बनाए र समाचार संप्रेसण गरेका छन् ।
भारतको सबै भन्दा चर्चित अंग्रेजी अखवार टाइम्स अफ इण्डिया देखि विविसी हिन्दी सम्मले नेपालमा देखिएको भारतीय मिडियाप्रतिको आक्रोश र ट्वीटर ट्रेण्डिङलाई समाचार बनाएका छन् ।
India media raction to go home indian media 1

India media raction to go home indian media 5
यी समाचारपछि कतिपय विश्लेषकहरुले भारतमा रहेको अतिरञ्जित मिडिया संस्कृतिलाई नेपालीहरुले १ सातामै तिरस्कार गरेको समेत भनेका छन् ।
कतिपय सञ्चार माध्यमले भने भारतीय मिडिया नेपालमा भैरहेको राहत र उद्दारको सबै कभरेजमा लागिरहेको समयमा नेपालीहरु भने कृतग्न बनेको गुनासो गरेका छन् ।
#GoHomeIndianMedia ट्रेण्डिङ्ग भएको ट्वीटले केही समयमा १ लाख ४४ हजार ह्याशट्याग फलोअन पाएको थियो । जुन भारत र नेपालमा पहिलो र विश्वभरीमा दोश्रो नम्बरको ट्रेण्डिङ बनेको देखिन्छ ।
Go home India 2
भारतका मिडियामा पनि यो विषयमा समीक्षा शुरु भएको छ ।
टाइम्स अफ इण्डियाले भनेको छः ‘भारतीय मिडियाका कारण नै नेपालको भूकम्पपछिको अवस्था विश्वले थाहा पाएर बलिउड देखि भारत मात्र नभएर विश्व नै राहतमा जुटेको समेत जुटेका थिए । तर टेलिभिजन च्यानलका पत्रकारहरुले भने कतिपय अवस्थालाई अतिरञ्जित गरेर रिपोर्ट तयार पार्नु र त्यसलाई कति पनि प्रश्न नउठाइ प्रशारण गरिएका कारण यस्तो प्रतिक्रिया आएको हो । ‘
India media raction to go home indian mediaGo home India 5
विविसी हिन्दीले पनि नेपालमा भारतीय मिडिया विरुद्ध चलेको ट्वीटर ट्रेण्डिङको विषयमा शीर्ष समाचार बनाएको छ । नेपालीहरुका ट्वीट सहित प्रकाशित सामाग्रीमा टिप्पणी भन्दा बढि तथ्य प्रस्तुत गरिएको देखिन्छ । तर समाचारमा नेपालमा उग्र राष्ट्रवाद सँधै रहेको र त्यसकै कारण यस्तो भएपनि सञ्चार माध्यममा यस्ता कुरा प्रकाशित नभएको दावी गरिएको छ ।
India media raction to go home indian media 2
दैनिक भास्कर लेख्छः नेपाल में आए विनाशकारी भूकंप के बाद भारत के ‘ऑपरेशन मैत्री’ की विश्वभर में सराहना हुई है। इस बीच, रविवार को टि्वटर पर पूरे दिन # GoHomeIndianMedia टॉप पर ट्रेंड करता रहा ।
India media raction to go home indian media 4
टाइम्स अफ इण्डियाको हिन्दी सब्सिडेरी नभभारत टाइम्सले पनि भास्करकै शैलीमा समाचार प्रकाशित गर्दै नेपालमा भारतीय मिडिया विरुद्ध भएको विरोधको चर्चा गरेको छ ।

भारतीय मिडियालाइ खुला पत्र: नाटक र प्रहशन थुप्रै कार्यक्रम छन, हाम्रो पीडाको मजाक नबनाउनुस

मेरो देशमा आइलागेको विपत्तिमा भारतले गरेको सहयोगप्रति म हृदयदेखि नै आभार व्यक्त गर्छु । नेपालभित्र र बाहिर रहेका सबै नेपाली सहयोगप्रति आभारी छौं ।
तर जब म आफ्नो मातृभूमिभन्दा बाहिर रहेको नेपालीका हिसाबले भारतीय समाचार र रिपोर्टिङहरु हेर्छु, मुटु छियाछिया भएर आउँछ, मनमा गहिरो चोट अनुभव गर्छु । त्यो चोट ७.९ रेक्टर स्केलको भूकम्पले पुर्‍याएको क्षतिभन्दा पनि बढी विध्वंशकारी लाग्छ मलाई । जसरी स्वास्थ्यकर्मीलाई उपचारपछि गम्भीर दुस्प्रभावबारे सिकाइएको हुन्छ, त्यसरी नै फरकफरक घटनाको फरकफरक तरिकाले कसरी रिपोर्टिङ गर्ने भन्ने पनि रिपोर्टरलाई सिकाइएको हुनुपर्छ । भारतीय मिडिया र सञ्चारकर्मीहरुलाई हेर्दा लाग्छ– उनीहरु भूकम्पको होइन कुनै पारिवारिक टेलिफिल्मको सुटिङ गरिरहेका छन् । के कुनै भारतीय पत्रकार राहत नपुगेको सुदूर गाउँमा पुग्यो भने प्राथमिक सहयोग र खानेकुरा पनि सँगै लिएर जनतालाई दिन सक्दैन ?
अनौठो त यो छ कि ती रिपोर्टरले घाइते महिलाको टाउकोबाट बगेको रगत रोक्न कपडाको सानो टालो पनि दिन आवश्यक ठानेनन् ! अनौठो त यो छ कि ती रिपोर्टरसँग अरुलाई हेल्मेटै-हेल्मेटले हिर्काउने व्यक्तिको हात समाउने एक मिनेट पनि समय भएन !
अहिले एउटा समाचार भाइरल भएर फैलिएको छ जहाँ रिपोर्टरले खानाका लागि भूकम्प पीडितहरुका बीचमा भएको खोसामार र एकजना आइमाई गम्भीर घाइते भएको देखाएका छन् । म ती रिपोर्टरलाई धन्यवाद दिन्छु जसले ती घाइते महिलाको टाउकोमा लागेको चोटको बारेमा रिपोर्ट तयार गरे । तर, अनौठो त यो छ कि ती रिपोर्टरले घाइते महिलाको टाउकोबाट बगेको रगत रोक्न कपडाको सानो टालो पनि दिन आवश्यक ठानेनन् ! अनौठो त यो छ कि ती रिपोर्टरसँग अरुलाई हेल्मेटै-हेल्मेटले हिर्काउने व्यक्तिको हात समाउने एक मिनेट पनि समय भएन ! कुरा ठीकै हो, कुनै पनि क्यामेराम्यान घटनाको एक सेकेन्ड पनि छुटाउन चाहँदैन ताकि घटनालाई नाटकीय रुपमा देखाउन सकियोस् । तर म के सोच्छु भने तिमी सञ्चारकर्मी हुनुभन्दा पहिले मान्छे होऊ । जिम्मेवार मान्छे हुनुको नाताले कसैको उद्दार गर्नु तिम्रो कर्तव्य हो ।
अर्को उदाहरण, एकजना पत्रकारसँग यति धेरै समय छ कि ऊ उद्दारकर्ताहरुलाई उद्दार गर्ने आधुनिक प्रविधिका बारेमा सोधेर हैरान पारिरहेको छ । तपाईं त्यो ठाउँमा एकजना मान्छेको जीवन बचाउन सक्नुहुन्न भने कम्तीमा अरुलाई अलमल्याउने काम त बन्द गर्न सक्नुहुन्छ होला नि ? समाचार हेरेपछि यस्तो लाग्छ कि रिपोर्टर प्रविधिका बारेमा अनभिज्ञ छन् । त्यस्ता प्रश्नहरु त्यहाँ गर्न सकिन्थ्यो जहाँ भूकम्प उद्दार गर्ने प्रविधि पहिलोपटक सार्वजनिक गरिँदै गरेको हुन्छ । तपाईं रिपोर्टरहरुलाई मुरीमुरी धन्यवाद जो भूकम्प पीडितहरुलाई अस्पताल र स्वास्थ शिविरहरुमा पुर्याउने प्लेनको सिट कब्जा गरेर भारतबाट नेपाल आउनुभयो ! तपाईं रिपोर्टरहरुलाई पनि मुरीमुरी धन्यवाद जसले अति प्रभावित क्षेत्रमा खानेकुराका पोका र अरु सामान पठाउने सिट कब्जा गर्नुभयो !
मान्छेका रुपमा मानवीयता देखाउनुस् । यो संसारमा टेलिभिजन कार्यक्रमहरुमा नाटकीय कार्यक्रम, पारिवारिक सिरियल, ‘हरर् सो’ र बकम्फुसे ‘रियलिटी सो’हरुको कुनै कमी छैन । मेरो अनुरोध छ, कृपया तपाईंहरु अर्को यस्तै नाटक नदेखाउनुहोस् ।
अहिले नेपालमा हुनुहुने सबै पत्रकारहरुलाई मेरो अनुरोध
रिपोर्टरको रुपमा तपाईंको धर्म घटनालाई क्यामेरामा कैद गर्नु, अन्तर्वार्ता लिनु मात्र होइन । यदि तपाईं भूकम्पले अति प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ भने प्राथमिक सहयोग पनि लिएर जानहोस् । खानेकुरा, पाल अथवा पानी लिएर जानुहोस् । तपाईंहरु सरकारले यो गरेन, ऊ गरेन भनेर मात्रै कति देखाउनुहुन्छ, सरकार नपुगे पनि कम्तीमा तपाईं पुग्नुहोस् । हामी नेपालीहरु कमजोर र स्वार्थी सरकारका बारेमा भुक्तभोगी हौं । कम्तीमा तपाईं–हामी सबैले मानवीय जिम्मेवारी निर्वाह गरौं ।
सावधानीपूर्वक उपयोग भए मिडिया शक्ति हो । अन्यथा भएमा मिडिया हजारौं निर्दोष मान्छेको हत्या गर्ने हतियार बन्न सक्छ ।
म आशा गर्छु, मेरो सन्देश अहिले नेपालमा रहनुभएका सबै पत्रकारहरुसम्म पुग्नेछ ।

राहत बितरण होइन , चिन बिरुद्ध जासुसी गर्दै छ भारतीय हेलिकप्टर !

नेपालको महाभूकम्पपछि उद्दार र राहतका लागि भारतबाट दर्जनौंको संख्यामा जहाज र हेलिकप्टर आए पनि उनीहरुले आफ्नै नागरिक फिर्ता र नेपाल–चीन बीचको सीमामा पत्रकार घुमाउने कामलाई नै सहयोग मान्दै आएका छन् ।
भारतीय उडानबाट व्यस्त बनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय पत्रकारको मात्रै दादागिरी चल्ने गर्दछ । भूकम्प प्रभावित क्षेत्रमा भारतीय पत्रकार मात्र लान खोजेपछि नेपाली सेनासमेत आजित हुँदै आएको छ ।
नेपाली सेनाले भारतीय पत्रकारलाई रोकेको छ भनेर टिभीमा ब्रेकिङ न्युज चलाउने भारतीय पत्रकारको धम्की ‘अस्तिसम्म यहाँ सबै भारतीय पत्रकारको दबादबा थियो हामीले उनीहरुलाई सम्झाउनसमेत नहुने अवस्था थियो’ नेपाली पत्रकार एयरपोर्ट पुगेपछि एक नेपाली सेनाले भने, ‘हिजो र आज तपाईंहरु पनि आउनुभयो खुसी लागेको छ ।’आजको नागरिक दैनिकमा खबर छ ।
नेपाली पत्रकारलाई एयरपोर्टमा देख्दा आफूहरुलाई गर्व लाग्ने  गरेको सुनाउँदै सेनाका ती अधिकारीले भने, ‘हामीलाई भारतबाट आएकाले त मान्छे नै गन्दैनन् । लाग्छ उनीहरुकै क्षेत्रमा हामी पुगेका छौं ।’
भारतीय जहाज र हेलिकप्टर एयरपोर्टमा रहेका कारण अन्य देशबाट सहयोग लिएर आएका जहाससमेत ल्याण्ड  गर्न नसकेको सुनाए ।
दुई भारतीय पत्रकार हेलिकप्टर चढाउन लैजादैं गरेका नेपाली सेनाका अधिकारीलाई भन्दै थिए, ‘तिमीहरु हामीलाई मिस बिहेभ गर्दछौं । हामी नेपाली सेनाले भारतीय पत्रकारलाई रोकेको छ भनेर टिभीमा ब्रेकिङ न्युज चलाउन लगाउँछौं ।’
एयरपोर्टका अर्का नेपाली सेनाका अधिकारी भन्छन्, ‘भारतीय हेलिकप्टरको काम अहिले चीनको सीमावर्ती क्षेत्रमा आफ्ना पत्रकार घुमाउनु हो । यसैलाई उनीहरुले सहयोगको रुपमा लिएका छन् ।’

उद्धारको नाममा भारतीय हस्तक्षेप भएको भन्दै प्रदर्शन

लमजुङ,। गत शनिबार भएको विनाशकारी भूकम्पबाट सिर्जित महाविपतको फाइदा उठाएर भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ ।
एक साताअघि गएको भूकम्पमा परेर पीडित बनेकाहरुको उद्धार तथा राहत वितरणमा सहयोग गर्न आएको भारतीय सेनाहरुले हतियारसहित राजधानीमा हिडडुल गरेर आतंक फैलाउने जस्ता कार्य गरेर सानो मुलुकमाथि गरिएको हस्तक्षेप बन्द गर्न माग गर्दै चलचित्रकर्मी, नाटककार तथा युवाहरुको समुहले राजधानीको पुतलीसडकमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । अपरान्ह ३ः३० बजे सुरु भएको प्रदर्शन एक घण्टासम्म चलेको थियो । त्रिभुवन विमानस्थलमा भारतीय सेनाका विमान पार्किङका कारण अन्तर्राष्ट्रिय दातृ निकायबाट प्राप्त सहयोग काठमाडौंमा उतार्न नसकिएको भन्दै विभानस्थलमा पार्किङ गरिराखिएको भारतीय सेनाको जहाज हटाउन माग गरिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले ‘भोकै मर्न तयार छौं स्वाभिमान गुमाउँदैनौं, भूकम्प पीडितलाई सहयोग गर्ने नाममा भइरहेको भारतीय हस्तक्षेप बन्द गरियोस् ।’ लेखिएका प्लेकार्ड बोकेका थिए ।चलचित्र निर्देशक मोहन निरौला, माउन्ट फायर थिएटर ग्रुपका सुरज अधिकारीको नेतृत्वमा युवाहरुले भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा स्थानीयबासीहरुले समेत समर्थन जनाएका छन् । महाविपदको समय भएकोले आफूहरुले सांकेतिक रुपमा प्रदर्शन गरेर तत्काल सच्याउन आग्रह गरेको तर, यही शैलीमा खुलेआम भारतीय हस्तक्षेप जारी रहेमा आगामी दिनमा थप शसक्त कार्यक्रम लिएर सडकमा आउन बाध्य हुने निरौलाले बताए ।

मोदी नेपालका मित्र हुन् कि विधाता ?

भारतका वरिष्ठ पत्रकार शेखर गुप्ताले ट्विट गरे, नेपाललाई सहयोग गरौं, तर संवेदनशील भएर, उसलाई सम्मान गरेर । नेपाल गरिब होला, तर स्वाभीमानी छ र इतिहासदेखि नै सार्वभौम नै छ । नेपाल बिहारको विस्तारित भाग होइन ।’ शेखर गुप्ता गत जुनसम्म इन्डियन एक्सप्रेसका प्रधान सम्पादक थिए, रिटार्यड हुनुअघिसम्म उनी भारतीय मिडियाको इतिहासमा सबैभन्दा धेरै अर्थात वर्षको १० करोड भारु पारिश्रमिक लिएर काम गर्थे । उनै वरिष्ठ पत्रकारले आफ्नै अग्रज र अनुज पत्रकारहरुको प्रस्तुतीमा के खोट देखे, जसले गर्दा उनी लेख्न बाध्य भए, ‘सहायताकान नाममा सार्वभौमिकतालाई अपमान नगरौं ।’ किनकि शेखर गुप्ताको ट्विट अगाडि भारतीय च्यानल जी न्युज भन्दै थियो, ‘नेपालका भूकम्प पर भारतमा हमला ।’ नेपालमा भूकम्प आयो, जीवन तहसनहस पार्यो । यो विपत्मा हामीलाई भारतजस्ता असल छिमेकीको सद्भाव चाहिएको थियो, सहयोग चाहिएको थियो । सहयोग गर्ने भारतीय मन महान् हो, तर प्राकृतिक विपत्ति भूकम्पमाथि हमला गर्ने भारतीय दम्भ के हो ? गुजरातमा आएको भूकम्पमाथि हमला गर्न नसक्ने, केदारनाथमा आएको पहिरोलाई पराजित गर्न नसक्ने र जम्मु कास्मिरमा आएको बाढीलाई सामना गर्न नसक्ने भारतले नेपालको भूकम्पमाथि कसरी हमला गर्न सक्छ ? एउटा जी न्युज हावा होला, त्यति नै बेला भारतको नम्बर वान च्यानल आस्तक भन्दै थियो, ‘नेपालको अपने पैर पर खडा करके वापस होगा भारतके फौज ।’ भूकम्प आयो, विपत्ति आयो, तर के नेपाल अहिले आफ्नो खुट्टामा उभिएको छैन् ? के यस्को ठेक्का भारतले लिएको छ ? मोदीलाई आफ्नो मिडियाको यस्तो स्वभाव अवश्य थाहा छ । तर, उनले त्यति ज्याद्रो मिडियालाई नेपाल पठाए, जसले त्यहाँको घाउमा गुन लगाउने नाममा नुन छर्किएको छ । भारतीय मिडियाले अतिरञ्जित नगरेको भए भारतको वास्तविक सहयोग हाम्रो लागि अमूल्य छ । हामी साँच्चै विपत्तमा छौं, हामीलाई सहयोग चाहिएको छ, तर भारतीय मिडियाले भनेजस्तै नेपाललाई आफ्नो खुट्टामा उभिन लायक बनाएर मात्रै फर्कन कसम खाएको हो भने भारतीय टोली कत्रो छ ? आफ्ना नागरिकलाई फिर्ता लग्न हरेक घन्टा जहाज पठाएर मोदीले नेपाली जनतालाई के गुन लगाए ? तैपनि बसपार्क र एयरपोर्टमा नेपाल सरकार मुर्दावाद, मोदी सरकार जिन्दावादको नारा लाग्यो । नेपाल सरकारप्रति जनताको असन्तुष्टि होला, तर मोदी सरकारको जिन्दावाद भन्ने को थिए ?नेपालमा मोदीको जयकार भनेर भारतीय टेलिभिजनबाट किन प्रसारण भयो ? नेपाली जनताको उद्धारका नाममा ल्याइएको जहाज आएका भारतीय टेलिभिजन पत्रकारले पीडितको आवाज होइन्, मोदीको जयकार प्रसारण गर्नुको उद्देश्य के थियो ? 

रामदेवको योग शिविरमा राष्ट्रपति, मन्त्रीदेखि हजारौं टुँडिखेलमा (भिडियोसहित)

लमजुङ, वैशाख ११ । भारतीय योगगुरु बाबा रामदेवको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा शुक्रबार विशेष योग शिविर सन्चालन भएको छ । शिविरका लागि एकाबिहानै राष्ट्रपति डा. रामवरण यादव, मन्त्रीदेखि हजारौं मानिसहरु टुँडिखेल पुगेका थिए । भारतका प्रसिद्ध योगगुरु रामदेवको उपस्थितिमा सुरु भएको शिविर उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले स्वास्थ्यका लागि

योग महत्वपूर्ण हुने बताए ।
योग शिविर सुरु गर्दै रामदेवले नेपालमा छिटै संविधान आउन सकोस् भन्ने कामना गरे । नेपाल र नेपालीको प्रशंसा गर्दै रामदेवले हजारौं भक्तजनलाई योग सिकाएका हुन् ।
पतञ्जली योगपीठ नेपालको आयोजनामा योग शिविर सन्चालन भएको हो । योग र आयुर्वेदको माध्यमबाट नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरूमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले शिविर गरिएको योगपीठले जनाएको छ ।
५ दिने योग शिविर बिहान ५ बजेदेखि ८ बजेसम्म शिविर चल्नेछ । रामदेवले वैशाख १६ गते बिहान जनकपुरमा पनि योग शिविर चलाउने कार्यक्रम रहेको छ । 

तीर्थयात्री बोकेको बस दुर्घटना कसरि भयो थाहा पाउनको लागि यहाँ क्लिक् गर्नुस्


  • काठमाडौं,वैशाख १० – भारतीय तीर्थयात्री बोकेको दुईतले बस बुधबार बिहान ब्रेकफेलका कारण दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको छ। मंगलबारमात्र काठमाडौं आइपुगेका गुजराती तीर्थयात्रीहरू चढेको दुई बस पशुपतिनाथको दर्शन गरेर बुधबार बिहानै सुनौलीतर्फ जाने क्रममा एउटा बस नौबिसे नजिकै दुर्घटनामा परेको हो। घटनामा २८ जना घाइते भएका छन्। मंगलबार नै काठमाडौं आइपुगेका कारण बसचालकले पर्याप्त आराम पाउन सकेका थिएनन्। उनलाई पहाडी र घुमाउदार बाटोको अनुभव पनि थिएन। चालकले प्रारम्भिक कुराकानीमा मोटरसाइकललाई जोगाउने क्रममा अचानक ब्रेकफेल भएर दुर्घटनामा परेको बताएको सुरक्षास्रोतले जानकारी दियो। चालक दलसहित ४५ तीर्थयात्री रहेको गुजरातको श्री हरि टुर्स एन्ड ट्राभल्सको जी जे१४एक्स ९९०० नम्बरको दुईतले बस धादिङ नौबिसेनजिकै झ्याप्लेखोलास्थित सडक बाट बिहान पौने सात बजेकरिब दुई सय मिटर तल खसेको थियो। बस सुनौली हुँदै गोरखपुरबाट भारत जान काठमाडौंबाट हिँडेको थियो। घटनास्थलमै १४ र उपचारका क्रममा तीनको ज्यान गएको हो। राजधानीका शिवज्योति, ओम समाज र सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा तीनजना घाइतेको मृत्यु भएको थियो। भारत सरकारले दुर्घटनाका घाइते र शव लैजान बिहीबार वायुसेनाको विशेष विमान काठमाडौं पठाउने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले इन्डियन एयर फोर्सले घाइते र शवलाई बिहीबार काठमाडौंबाट भारत लगिने जानकारी बुधबार ट्विटमार्फत गराएका हुन्। दुर्घटनालगत्तै उद्धारका लागि ठूलो संख्यामा काठमाडौं र धादिङबाट प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए। सुरक्षाकर्मीले तत्काल घाइतेलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल पठाएपछि मृतकको खोजी सुरु गरेका थिए। छरिएका शव उठाएर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज (टिचिङ) पठाइएको छ। घाइतेहरूको राजधानीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेकामा काठमाडौंस्थित भारतीय दूतावासको पहलमा सबैलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ। प्रत्यक्षदर्शी एवं उक्त ट्राभल्सका प्रतिनिधि प्रेम जी भाइले मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटनामा परेको बताए। गुजरातबाट दुईवटा बस तीर्थयात्री लिएर काठमाडौं आएका थिए। ‘फर्कने क्रममा दुईवटा बसमध्ये एउटा अगाडि र अर्को पछाडि गुडिरहेका थिए। काठमाडौंतर्फ आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा चालकले झ्याम्प ब्रेक लगाउँदा दुर्घटना भएको हो’, भाइले भने, ‘तीर्थाटन आएका हामी सबै परिवारसहित थियौं, भगवान् पशुपतिनाथको आराधना गरेर फर्कंदा यस्तो दुर्घटना होला भन्ने कसैले पनि सोचेका थिएनौं।’ दुईवटा बसमध्ये पछाडिको बस दुर्घटनामा परेको हो। भाइका अनुसार मृत्यु हुनेमा अधिकांश गुजरात राज्यको सुरेन्द्रनगर जिल्लास्थित होडबाजी गाउँका किसान छन्। ‘वर्षभरि जम्मा गरेको पैसाले पशुपतिनाथको दर्शन गर्न आएका थियौं’, भाइले भने। लामो यात्राका लागि तीर्थालुले खाना पकाउने ग्यास, चुल्हो, भाँडाकुँडा, ओढ्ने ओछ्याउने लत्ताकपडा, खाद्यान्नलगायत सामग्री बोकेर आएका थिए। बस दुर्घटनापछि ती सामानहरू यत्रतत्र छरिएका थिए। प्रहरीले ती सामान उठाएर राखेको छ। 

नौबिसेमा तीर्थयात्री बोकेको भारतीय बस पल्टिदा ६ जनाको मृत्यु

धादिङ: त्रिभुवन राजपथको नागढुङगा नौबिसे सडक-खण्ड अन्तर्गत धादिङको नौबिसे गाविसस्थित झ्याप्रेखोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन्।
 
भारतीय तीर्थयात्री बोकेको  जी जेड १४ एक्स नम्वरको बस सडकबाट तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले स्थानियबासी र प्रहरीले उद्धारकार्य जारी राखेका छन। 
 
दुर्घटनामा २० भन्दा बढी यात्रु घाइतेका भएको र घाइतेहरुलाइ उद्धार गरि काठमाण्डौतर्फ पठाइदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

मोदी सरकारले यसरी खाली गरायो भारतीय दुतावास,भारतीय दुतावासबाट को–को परे सरुवामा ?


  • काठमाडौ बैशाख ८ – नेपालको मामिलामा सरकारको नीति भन्दा बाहिर गएर आन्तरिक हस्तक्षेप गरेको र कुटनितिक मर्यादालाई पटक पटक उल्लंघन गरेको भन्दै नेपालका ‘रअ’ प्रमुख प्रभात सिंहलगायत थुप्रै  कर्मचारीलाई भारतीय सरकारले फिर्ता बोलाएको छ । दूतावासका उप प्रमुखदेखि लिएर रअका प्रमुखसम्मलाई भारतीय विदेश मन्त्रालयले सरूवा पत्र पठाएको भारतीय दुतावास स्रोतले जनाएको छ । यसरी एकैपटक यत्रो कर्मचारीलाई सरुवा गर्नु नेपालका लागि भारतीय दूतावासका लागि पहिलो घटना भएको दूतावासका कर्मचारीहरु बताउँछन् । स्रोतका अनुसार दुतावासबाट धेरै समययता कर्मचारीहरु सरुवा भएका थिएनन् । एक दुईजनाको आउने जाने क्रम चलि रहेपनि यो संख्यामा कहिल्यै पनि सरुवा नभएको स्रोत बताउँछ । स्रोत भन्छ–यसरी सरुवा गर्नुको एउटै कारण दूतावासमा अधिकांश कर्मचारी भारतीय कांग्रेस निकट हुनु हो । काँग्रेस निकट भएका कारण मोदी सरकारलाई खुलेर सहयोग नभइरहेको गुनासो बढ्न थालेपछि यसरी सरुवाको पत्र पठाइएको हो । भारतीय काँंग्रेस नेतृत्व सरकारको पालामा नेपाल आएका प्रभात सिंह भारतीय काँग्रेसका महासचिव दिग्विजय सिंहका नातेदार हुन् । सिहलाई रअ को सेवाबाट हटाएर भारतीय पुलिस सेवामा पठाइएको छ । नेपालबाट उनी राजस्थानका एडिशनल डीजीपी बनेर जाँदै छन् । नेपालमा कंसुलर बनेर आएका पियुष श्रीवास्तव एक सालपछि नै बढुवा भएर दूतावासका डीसीएम बनेका थिए । राजनीतिक दलहरू बीच राम्रो छवि बनाएका श्रीवास्तवलाई पनि दिल्लीको विदेश मन्त्रालयमा सरुवा गरिएको छ । सरुवा पत्र आएपछि पियुषले आफूले नै सरुवाको लागि माग गरे अनुसार सरुवा पत्र आएको आफ्ना निकटलाई भन्दै आएका छन् तर नेपालको राजनीतिक विभाग हेर्ने उनले राम्रो परिणाम दिन नसकेका कारण मोदी सरकारले फिर्ता बोलाएको स्रोतको दावी छ । नेपालको राजनीतिक अवस्थामा भारत सरकारले सोचे जस्तो काम गर्न नसकेको र कुनै पनि ठूलो काम गर्ने आँट लिन असफल भएकोले गर्दा उनलाई भारतीय विदेश मन्त्रालयमा बोलाएको हो । प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण गराउन असफल भएको दोष पनि प्रभात सिंह र दूतावासका डिसीएम पियुष श्रीवास्तवलाई नै लगाइएको छ । दूतावासबाट फिर्ता बोलाईएका तेस्रो अधिकारी हुन् प्रथम सचिव अभय कुमार सिह । प्रेस, सूचना तथा संस्कृति विभागको जिम्मेवारी पाएका अभय कुमारको कार्यकाललाई सबै भन्दा असफल बताईएको छ । प्रेससँग कुनै सरोकार नराख्ने, पत्रकारहरूको फोन पनि नउठाउने, सूचनामा सहज पहुँच नभएका अभय कुमार जहिले पनि दूतावासमा आलोचित भएका व्यक्ति हुन् । भारत नेपाल लाईब्रेरीमा केही सीमित मान्छेहरू बोलाई कहिले कविता वाचन गर्न लाउने, कहिले कथा सुनाउने, कहिले फिल्म देखाउनेमै उनको अहिलेसम्मको कार्यकाल सीमित रह्यो । दूतावासको प्रेस र सूचना विभागलाई पूर्ण रूपमा निष्क्रिय बनाई संस्कृति विभागको नाममा कोठे कार्यक्रम गर्ने अभय कुमार नेपाली चलचित्रकर्मीहरू संगै रमाउने, फोटो खिचाउंदै र फेसबुकमा सार्वजनिक गर्नु नै उनको दिनचर्या बनेको थियो । अहिले भारतीय विदेश मन्त्रालयले अभय कुमारको सरूवासँगै उनको एक तह घटुवा पनि गरिएको छ । दूतावासमा प्रथम सचिव स्तरका अधिकारी रहेका अभय कुमारको लण्डनस्थित कल्चरल सेंन्टरमा सरूवा गरिएको छ । दूतावासभन्दा बाहिर रहेका यो कल्चर सेंटर दूतावासको एउटा सानो अंग मात्रै हो । मोदी सरकारले अब नेपाल नीति नै बदलिने भएको छ । भारतले नेपालमा लगानी गर्ने नीति पनि बदलेको हुंदा दूतावासको आर्थिक विभागमा पनि फेरबदल गरेको छ । अहिले दूतावासमा आथिर्क विभाग हेर्ने प्रथम सचिव पंकज कुमार सिंहलाई पनि फिर्ता बोलाइएको छ भने नेपाल भारत आर्थिक सहयोगका प्रमुख आशीष सिन्हालाई पनि फिर्ता बोलाउने तयारी भइरहेको छ । नेपालस्थित भारतीय दूतावास मात्रै होईन दिल्लीस्थित विदेश मन्त्रालयमा नेपाल डेस्कका अधिकारीहरूलाई पनि सरूवा गर्ने तयारी भई रहेको दुतावास स्रोतले जनाएको छ । नेपाल डेस्क हेर्ने डाईरेक्टर स्तरका अधिकारीलाई हटाईएको छ भने, डेस्कका प्रमुख अभय ठाकुरको पनि चांडैनै सरूवा गर्ने तयारी भइरहेको छ । दुई महिनाभित्रै भारतीय राजदूत रंजीत रे को पनि सरूवा हुँदैछ किनभने उनको कार्यकाल जुलाईमा सकिंदैछ ।

नेपाल र नेपाली को लागि खुसि को खबर हैन र???? चिन ले सन २०२० सम्म मा तिब्बत देखि नेपाल सम्म डाइरेक्ट रेलवे बनाएर हाइस्पिड रेल सुरु गर्ने !!! भारत को टाउको किन दुख्यो??? हेर्नुहोस भिडियो !!! !

सेक्स भिडियो सार्वजनिक भएपछि १६ वर्षीया किशोरीले आत्महत्या गरिन्

 सेक्स भिडियो सार्वजनिक भएपछि १६ वर्षीया किशोरीले आत्महत्या गरिन्
लण्डन– भारत उडिसा राज्यको कटक जिल्लामा १६ वर्षकी एक किशोरीले आफ्नो सेक्स भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्।


बालिआपदा गाउँकी ती किशोरीले हालै म्याट्रिक परीक्षा दिएकी थिइन् । किशोरीका बुबाको तर्फबाट प्रहरीमा दर्ता गराइएको उजुरीअनुसार उनको एक छिमेकीले किशोरी नुहाएको समयको एक भिडियो बनाएका थिए। उक्त भिडियो देखाएर किशोरीलाई आफूसँग यौन सम्पर्क गर्न बाध्य बनाएको र यौन सम्पर्कको भिडियो खिचेर पोर्न साईटमा सार्वजनिक गरिदिएका थिए।

भिडियोका विषयमा थाहा पाएपछि किशोरीका बुबाले किशोरीलाई सोधपुछ गरेका थिए। पछि किशोरीले सामाजिक लाज र इज्यत जाने डरले आत्महत्या गरिन्। मुद्दा दर्ता भएपछि अभियुक्त कमलाकांत र उनका परिवारका सदस्यहरु फरार भएका छन्। पोर्न भिडियो बनाउने अभियुक्त कमलाकांत १२ कक्षामा पढ्ने किशोर हुन्।

यस मुद्दाको अनुसन्धान गरिरहेको नेमाल थानाका एएसआई जयश्री ओझाका अनुसार प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान गरिरहेको छ। पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले कारवाही अघि बढाउने बताइएको छ।

स्थानीयका अनुसार किशोरीले आत्महत्या गर्नुअघि भिडियोको घटना बाहिर आएपछि गाउँका बुद्धिजीवी भनिनेहरुले आपसमा बसेर छलफल गरी मुद्दा सल्झाउने प्रयास पनि गरेका थिए। उक्त बैठकमा किशोरीका बुबाले अभियुक्तका साथ आफ्नी छोरीको विवाहको प्रस्ताव राखे। तर, अभियुक्त किशोरका बुबाले उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए। आफ्नो विवाह अस्वीकार भएको र बेइज्यत पनि भएको विषयबाट असह्यै पीडाबोध गरेकी किशोरीले बैठक बसेको ४ घण्टापछि बुधबार राती बिष सेवन गरेर आत्महत्या गरेकी थिइन्।

पछिल्ला केही दिनमा उडिसाका कयौं इलाकाहरुमा यौन सम्बन्धका भिडियोहरु इन्टरनेटमा सार्जनिक भएका छन्। हालै यस्तै एक मुद्दामा सर्वोच्च अदालतको आदेशबमाेजिम सीबीआईले भुवनेश्वरको एक बिल्डर सुब्रत उर्फ कालिया साहू र उनका साहयोगी देवाशीष देव उर्फ बंटीलाई गिरफ्तार गरेको थियो।

राज्य प्रहरीको अपराध महाशाखाले यस्तै किसिमका ५ ओटा मुद्दा दर्ता गरिसकेको छ । र, तिनीहरुको अनुसन्धान गरिरहेको जनाएको छ ।

भारत माओवादीः आक्रमणको २४ घण्टा सम्म सेनाका लाश जंगलमै

२९ चैत, एजेन्सी । भारतको छत्तीसगढ, झारखण्ड र ओडीशामा भारत सरकारले विशेष सतर्कता आदेश जारी गरेको छ । नक्शलवादीहरुले छत्तिसगढमा एकाएक आक्रमण गरेपछि भारत सरकारले सतर्कता बढाएको हो । सरकारले छत्तीसगढको सुकमा इलाकामा शनिबार माओवादीहरुले गरेको आक्रमणमा मारिएका सेनाको शव उठाउन नसकेको भन्दै ब्यापक आलोचना भएको छ । अहिले पनि आक्रमणमा ज्यान गुमाएका सैनिकका शव जंगलमै वेवारिसे अवस्थामा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । छत्तिसगढ इलाकामा माओवादीहरुको सम्मेलन चलिरहेको र त्यहाँ कम्तिमा ५०० माओवादी सहभागी रहेको भन्दै सरकारी सुरक्षा निकाय सचेत गराइएको छ । शनिबार माओवादीले सेनाको टुकडीमाथि आक्रमण गरेका थिए ।
india maoist attack 1
मारिएका सैनिकको शव नियन्त्रणमा लिन कोशिस गर्ने सुरक्षाटोलीमाथि अर्को आक्रमण भएको थियो । माओवादीले सेनाका हतियार र पोषाक लुटेर लगेका छन् भने राति १ बजे सम्म सेनाको कारवाही चलेपनि शव भएको इलाकामा पुग्न सकेको छैन ।

पानीको पाइप जाँच्न खोज्दा विभत्स मृत्यु (तस्विर सहित)

भारतको गुजरातको हारिजमा एक पानीको पाइप सम्बन्धी काम गर्ने प्लम्बररको विभत्स मृत्यु भएको छ । ती प्लम्बरको तस्विर सामाजिक सञ्जालमा भाइरल मात्र बनेको छैन पानीको पाइप कति खतरनाक हुन सक्छ भन्ने कुरामा सचेत हुन खतराको घण्टी समेत बजाएको छ ।
समाचारमा जनाइए अनुसार पानीको पाइप सम्बन्धी काम गर्ने पलम्बर राजु प्रताप किहोरी र उनका सहयोगी धर्मेश सुरमभाइ किहोरी ओभरहेड ट्याङ्कीमा पसेका थिए । तर एक्कासी ट्याङ्कीको बल्व खोल्दा उनीहरु पानीको बहावका कारण पाइपभित्र छिर्न पुगे ।
उनीहरुले लगाएको डोरी समेत चुँडेपछि उनीहरुको पाइप भित्र विभत्स मृत्यु हुन पुग्यो ।
डोरी चुँडिएपछि राजु ३०० मिटर चोडाइको सप्लाइ पाइपमा छिरे र ५० फिट तल भल्भ च्याम्बरमा फसेपछि । उनी त्यही मरे । ३ घण्टा पछि मात्र उद्दार अधिकारीहरुले उनको शव निकाल्न सकेका थिए ।

भारतसँगको सिमा नाका बन्द


भैरहवा,   २८ वैशाख (ओएनएस) : भारतको उत्तर प्रदेश क्षेत्रमा सोमबार हुने लोकसभा निर्वाचनका लागि आइतबार विहानबाट नेपाल भारत सिमा ४० घण्टाका लागि बन्द भएका छन् । सिमा नाका आइतबार बिहान ७ बजेदेखि बन्द भएका हुन् भने सोमबार राति ११ बजे मात्र खुल्ने छन् । 
चरण–चरण गरी जारी लोकसभा निर्वाचन अन्तर्गत उत्तर प्रदेशको सीमावर्ती जिल्ला महाराजगन्ज र सिद्धार्थनगरमा हुने निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले बताए । 
सीमा बन्द अवधिमा पैदलयात्री, यातायातका साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएकोले आइतबार सिमा सयौ नेपाली तथा भारतीय नागरिक रोकिएका छन् । 

भारतको आन्तरिक मामिलामा नेपालको हस्तक्षेप

१९ बैशाख,लमजुङ्। नेपालले भारतको प्रजातान्त्रिक प्रकृयामा कुनै भूमिका खेल्न सक्छ ? त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हैसियत राख्छ ? नेपालको माइक्रोम्यानेजमेन्टमा भारतको भूमिका बुझ्नेहरुका लागि यो एउटा ठट्टाको बिषयमात्र हुनसक्छ ।
तर, नेपालका एफएम रेडियोहरुले भारतको आन्तरिक मामिलामा दख्खल पुराइरहेको भारतीयहरुको सुन्दा नेपालले पनि भारतको राजनीतिमा हस्तक्षेप गर्दोरहेछ भन्ने स्पष्ट हुन्छ । भारतमा अहिले लोकसभा निर्वाचन भइरहेको छ । चुनाव प्रचार भडकिलो हुन नदिन बिभिन्न नियम बनाएको भारतीय निर्वाचन आयोगका लागि नेपाली भूमिबाट सञ्चालित झण्डै १ सय ४ वटा एफएम रेडियो स्टेसन टाउको दुखाइको विषय बनेका छन् ।
हिन्दुस्तान टाइम्स दैनिकका अनुसार ७ सय ५० किलोमिटर सीमा क्षेत्रमा रहेका बिहारका करिव १४ वटा निर्वाचन क्षेत्रमा नेपालका एफएम रेडियोहरु लोकपि्रय छन् । भारतीय क्षेत्रमा एफएम रेडियोको संख्या कम रहेको र नेपाली एफएमले भारतीय भाषाभाषीलाई समेत लक्षित गरेर बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
नेपालबाट चुनाव प्रचार
टाइम्सकाअनुसार चारवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका उम्मेदवारहरुले अहिले आफ्नो प्रचारका लागि नेपाली एफएम रेडियो उपयोग गरिरहेका छन् । भारतमाभन्दा निकै सस्तो मूल्यमा बिज्ञापन प्रसारण हुने भएकाले सुरुमा सीमावर्ती क्षेत्रका भारतीय ब्यापारीहरु नेपाली एफएमलाई बिजनेस दिन थालेका थिए, अहिले नेताहरुले त्यसको सिको गरेका छन् ।
बीरगंजबाट प्रसारित इन्द्रेणी एफएम, गौरबाट प्रसारण हुने राजदेवी एफएमले अहिले भारतीय राजनीतिका विषयमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यसैगरी रेडियो मिथिला, मधेसी रेडियो, रेडियो टुडे, गढिमाई एफएम, भोजपुरी रेडियो, संस्कार रेडियो, नारायणी एफएम, रेडियो बीरगंजले पनि भारतीय गाउँगाउँमा लोकपि्रयता पाएको भारतीइ पत्रिकाले लेखेको छ ।
भारतीय निर्वाचन आयोगले प्रतिउम्मेदवार निर्वाचन खर्च ७० लाख तोकेको छ । आयोगलाई छल्न र कम खर्चमा आफ्नो प्रचार गर्न अहिले भारतीय राजनीतिज्ञ नेपाली रेडियोको सहारा लिइरहेका छन् । राष्ट्रिय जनता दल मोतिहारीका मनोज पासवान भन्छन-’नेपाली रेडियो हाम्रा गाउँका लागि निर्विकल्प बनेका छन् ।’
बिधानसभा चुनावमा भारतीय पक्षले नेपाली रेडियोको प्रसारणप्रति चासो देखाउँदै भारतीय राजनीतिका बिषयमा सामाग्री प्रसारण गर्न एफएम रेडियोहरुलाई आग्रह गरिदिन भन्दै नेपाल पक्षसँग सहयोग मागेको थियो । तर, यो चुनावमा प्रचारप्रसारका लागि नेपाली रेडियोको प्रयोग झन बढेको छ । 

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf