
पहिरोले सयौं घर पुरिएका छन् भने हजारौं घर प्रभावित भएका छन् । सरकारले परिचालन गरेको उद्धार टोलीले उद्धार कार्य जारी राखेको अधिकारीहरुको भनाई छ । शुक्रबार हिँजो अफगानिस्तानमा सार्वजनिक बिदा भएकाले सबै नागरिक घरमै रहेका बेला पहिरो गएको थियो । बदख्साका प्रहरी प्रमुख फजलुद्धिन आयाजका अनुसार २ सय १५ घर परिवार एउटा पहाडको मुनि च्यापिएका छन् ।
उनका अनुसार पहिरोले च्यापिएको ठाउँका मानिसलाई जिवितै उद्धार गर्न निकै कठिन छ । त्यहाँ बर्षा जारी रहेकाले पहिरो थपिने सम्भावना छ ।
तग हप्ता सोहि क्षेत्रमा गएको पहिरोमा परी १ सय ५० भन्दा बढि व्यक्तीको मृत्यु भएको थियो ।