Home » » मोटरसाइकल एक्कासी ब्रेक लगाउँदा किशोरीको मृत्यु

मोटरसाइकल एक्कासी ब्रेक लगाउँदा किशोरीको मृत्यु

काठमाडौ, वैशाख २८ – ललितपुरको सातदोबाटोमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ ।
तिब्र गतिमा रहेको बा ३५ प ८०६१ नंम्बरको मोटरसाइकलमा पछाडि बसेकी पाँचथरकी १९ वर्षकी आयुश्मा लिम्बुको उछिट्एिर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा खाल्डो देखेपछि तिब्र गतिमा गुडेको मोटरसाइकललार्इ चालकले एक्कासी ब्रेक लगाउदा वालकुमारी बस्ने लिम्बु उछिट्टिएर अगाडिको भारतीय ग्यास ट्याङ्करमा ठोक्किएको प्रहरीको भनाई छ ।
सडकमा खाल्डो देखेर एक्कासी ब्रेक लाग्दा चालकलाई त केही भएन । पछाडि बसेकी लिम्बु भने उछिट्एिर ग्यासको ट्याङ्करमा ठोक्किनुभएको हो । घाइतेलाई तत्कालै बि एण्ड बी अस्पताल पुर्‍याएपनि बचाउन नसकिएको ट्राफिक प्रहरीले जनाएको छ 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf