Home » » मोदीको सम्भावित विजय अमेरिकाको ‘टाउको दुखाई’

मोदीको सम्भावित विजय अमेरिकाको ‘टाउको दुखाई’


काठमाडौं, २८ वैशाख – भारतको म्याराथन आमनिर्वाचनको तीव्र गतिमा छ । अहिलेका चुनाव परिणामहरुले भारतीय जनता पार्टी (भाजपा)ले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले जित्ने सम्भावना देखाउँछ ।
यदि जितेको खण्डमा नरेन्द्र मोदी अर्को सरकारको नेतृत्वमा पुग्नेछन् । उनी सरकारको नेतृत्वमा पुगेमा उनको कार्यशैली कस्तो होला भन्ने अनुमानहरु पनि हुन थालेका छन् । केही भारतीय र पश्चिमा पर्यवेक्षकहरुले उनले सरकारको नेतृत्व गरेको खण्डमा उनले सत्तावादी र फासीवादी शैली अपनाउने अनुमान गरिएको छ, जुन उनले हाल गुजरातमा गर्दै आएका थिए । 
तीव्र समर्थनसँगसँगै अहिले मोदीको आलोचना पनि भइरहेको छ । मोदी नेतृत्वमा पुगेमा भारतमा धार्मिक हुलदङ्गा फैलिने चिन्ता पनि गरिएको छ । सन् १९९२ र २००२ मा भएका धार्मिक द्वन्द्वका कारण पनि यो आशंका थप मजबुत बनेको छ ।
भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले मोदीप्रति लक्षित गर्दै फूट र निरंकुश शक्तिहरुलाई पराजित गर्नको लागि आफूलाई मत दिन आग्रह गरेकी थिइन् ।
लेखक सलमान रुश्दीसमेत रहेको चर्चित भारतीय कलाकार र शैक्षिक समूहले मोदीको विजयले धार्मिक घृणा फैलाउन सहयोग पुग्ने भन्दै तीव्र चिन्ता जनाएका छन् । 
तर भारतमा प्रजातन्त्रको विकास भइरहेको छ । यद्यपि सन् १९७० को दशकमा पूर्व भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले १९ महिनासम्म ‘टिन–पट’ तानाशाही लादेर संकटकाल लगाउँदा भारतको प्रजातन्त्रबारे प्रश्न उठ्यो । त्यसपछि इन्दिराका मतदाताहरुले उनलाई स्वीकारेनन् । प्रजातन्त्रको हत्या गरेको आरोप उनीमाथि लागिरह्यो ।
अहिले भारतीय जनता पार्टी (भाजपा) गान्धी नेतृत्वको कांग्रेस जस्तो शक्तिशाली छैन । त्यसैले भाजपाले जितेको खण्डमा पनि अरु दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ । यसले गर्दा, मोदी निशंकुश बन्ने सम्भावना कम छ ।
सोही कारण हुन सक्छ, भाजपाको चरम राष्ट्रवादी अडान परिवर्तन भएको छ । मोदी प्रधानमन्त्री भएमा उनले एक राजनीतिज्ञ हुँदाको भन्दा अन्य धेरै कुराहरुको सामना गर्नुपर्ने हुन्छ । त्यो स्थानीय राजनीति भन्दा ठूलो चुनौतीको रुपमा देखिनेछ । विगतमा राजनीति गर्ने बेला विदेशसँग बढेको दूरी र लागेको दागले उनलाई पार्टीभित्रै पनि सहयोगको याचना गर्नुपर्ने हुन सक्छ ।
सन् २००२ को साम्रदायिक दंगाको क्रममा मोदीले भूमिका खेलेको भन्दै अमेरिका जस्तो पश्चिमी देशले नाकाबन्दी नै लगायो । सोही कारण अमेरिकाले अहिलेसम्म मोदीलाई अमेरिकाको भिजा दिएको छैन । यद्यपि वासिङटनले भारतको चुनावमा आफूले एक पक्षको मात्र पक्षपोषण नगरेको बताउँदै आएको छ । मोदीले भने खुल्लमखुल्ला अमेरिकाले आफूमाथि लगाएको भिजा प्रतिबन्धले दुई देश बिचको सम्बन्धमा ठूलो असर नपार्ने बताउँदै आएका छन् । तर मूलधारका पश्चिमा मिडियाहरुमा मोदीको सम्भावित सरकारको नेतृत्वप्रति असन्तुष्टि झल्काउने किसिमका सामग्रीहरु हेर्न, पढ्न र सुन्न पाइन्छन् । 
भाजपाले आफ्नो चुनावी घोषणा पत्रमा भारतको राष्ट्रिय स्वार्थमा हुने गरी बहुपक्षीय कुटनीति र ‘अ वेब अफ एलाइज’ (सहयोगीहरुको एक सञ्जाल) स्थापित गर्ने उल्लेख गरेको छ । यसलाई अमेरिकाले पहिलेजस्तो आफूतिर नढल्किने संकेतको रुपमा बुझेको छ । जसले अमेरिका थप चिन्तित छ ।
अमेरिका भारतलाई चीनको ‘काउन्टर ब्यालेन्स’मा राख्न चाहन्छ । तर चीन र अमेरिका दुवै भारतको मुख्य राष्ट्रिय स्वार्थमा सहयोग गर्न चाहँदैनन् । यसबिच अमेरिकाको सुपर–लुज मौद्रिक नीतिका कारण ‘रुपैयाँ’को अवमूल्यन हुन्छ । जसको असर नेपालका पनि पर्छ । भारतदेखि राजधानी उडान र अमेरिकाको डिजाइनमा बनेको ट्रान्स–प्यासिफिक साझेदारीमा भारत सामेल नभएकोले भारतको सम्बन्ध अमेरिकासँग भन्दा चीन र रुससँग बलियो बनेको छ । 
भारत भविष्यमा बढी रणनीतिक स्वतन्त्रताको पछि लाग्नेछ । पश्चिमले भारतलाई वितेका दशकहरुमध्ये कमजोर केन्द्रीय सरकारको रुपमा लिँदा ‘स्ट्रङ्गम्यान’को रुपमा चिनिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमको चुनौतीको रुपमा पेश गर्न भारतलाई थप बलियो बनाउने र आर्थिक–राजनीतिक रुपमा सहयोग गर्न सक्छन् । अहिले अमेरिका चीन, रुस र भारत बीच रणनीतिक सहकार्य बढेकोमा रिसाएको छ । 
केही पश्चिमा मिडिया र अवलोकनकर्ताहरु दुई देश बिचको सीमा विवादलाई चर्काएर चीन र भारत बिच कलह सृजना गराउनुपर्ने पक्षमा छन् । उनीहरुले मोदी प्रधानमन्त्री भएपछि चीनलाई समावेश गर्न जापान र भियतनामसँग पनि भारत सहयोगी हुने आँकलन गरेका छन् ।
वास्तवमा भन्ने हो भने, अहिले, चीनसँग जोडिएका अन्य छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध स्थापित गरेर चीनको विकासप्रति नकारात्मक प्रभाव सृजना गर्ने भारतले गरिरहेको छ । जुन नीति मोदीले परिवर्तन गर्ने सम्भावना छ । 
मोदी एकपटक एक व्यापारी थिए । उनी राजनीतिममा लागेपछि उनको सम्बन्ध चीनसँग राम्रो भयो । चिनियाँ उद्यमीहरुले आर्थिक विकासमा टेवा पुर्याउने  उद्देश्यले गुजरातमा लगानी गरे । तसर्थ, चीन र भारत बीचको सम्बन्ध मोदी नेतृत्वमा पुगेको बेला प्रगाढ बन्न सक्छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf