Home » » तनहुँको कोटामा एकसयदश बार्षिय बृद्धा सम्मानित ।

तनहुँको कोटामा एकसयदश बार्षिय बृद्धा सम्मानित ।






तनहुँको कोटामा एकसयदश बार्षिय बृद्धा सम्मानित ।सातौ गणतन्त्र दिवासको अवसरमा तनहुँको दुर्गम कोटा गा.बि.स.मा एकसय १० बार्षिय बृद्घा महिला सम्मानित भएका छन । गाउँ बिकास समितिको आयोजनामा बृद्ध बृद्धा हरुको सम्मानमा आयोजित सो कार्यक्रममा निज एकसय दश बार्षिय बृद्धा महिला छलिमाया आले मगर लाई दोसल्ला ओघाई गा.बि.स.तर्फ बाट सम्मान गरेका हुन । गा.बि.स. सचिब दुर्गाबहादुर राना मगरले दिएको जानकारी अनुसार हाल कोटा गा.बि.स.मा २५०को हाराहरीमा सामाजिक सुरक्षा भत्ता पाउने बृद्घ, बृद्घा तथा एकल महिला र अशक्तहरु रहेको कुरा बताएका छन । सो अवसरमा ११० बार्षिय छलिमाया आले,९२ बार्षिय चन्द्रीमाया थापा र ९१ बार्षिय मनसरी गुरुङ, लगायत पचहत्तार बर्ष उमेर नाघेका ११७ बृद्घ बृद्घाहरुलाई पनि सम्मान गरेका थिए । सम्मानित बृद्ध बृद्धा हरुलाई एकुनजोर ओटा छाता तथा खदा पहि¥याई सम्मान गरेका थिए । सम्मानित बृद्धाहरु मध्ये जेष्ठ छलिमाया आलेमगर कोटा गा.बि.स.वडा नं.७ स्थाइ घर भई हाल वडानं.२ मा आफ्नो छोरा टहलसिं आले मगर संगै बस्दै आएका छन । निजले २०४४ साल चैत २५ गते जिल्ला प्रशासन कार्यालय तनहुँ बाट नागरिक्त नं.३४८ को नेपाली नागरिक्त लिएका छन । नागरिक्तमा निजको जन्म मिति १९६१ माघ २६ गते रहेको छ । निज छलिमाया आलेमगर नै सबभन्दा जेष्ठ नागरिक भएको आलेमगर परिवारको दाबी छ । गा.बि.स.ले पहिलो पटक बृद्ध बृद्धाहरुको सम्मान यस्तो कार्यक्रम राखेको बताउदै यो कार्यक्रम लाई निरन्तरता दिने कुरा सचिब राना मगरले बताउनु भएको छ । ।
फोटो /युबराज लामा 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf