Home » » सामूहिक बलात्कारपछि दुई दलित दिदीबहिनीद्वारा आत्महत्या

सामूहिक बलात्कारपछि दुई दलित दिदीबहिनीद्वारा आत्महत्या



सामूहिक बलात्कारपछि दुई दलित दिदीबहिनीद्वारा आत्महत्या
नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशको बुढौन जिल्लामा दुई किशोरीले सामूहिक बलात्कारपछि आत्महत्या गरेका छन्। पाँचजनाले सामूहिक बलात्कार गरेपछि उनीहरुले आत्महत्या गरेको प्रहरीले बिहीबार जनाएको छ।
पोस्टमार्टम रिपोर्टअनुसार १४ र १५ वर्षका दलित समुदायका ती दुई कजन दिदीबहिनीले सामूहिक बलात्कारपछि मंगलबार राति आत्महत्या गरेका थिए। बुढौन प्रहरी प्रमुख अतुल सक्सेनाले समाचार संस्था एएफपीलाई जानकारी दिएअनुसार पोस्टमार्टम रिपोर्टअनुसार ती दुई किशोरीले आत्महत्या गरेका हुन्। "तर हामी कुनै निर्णयमा पुग्नुअघि सबै पक्षको अनुसन्धान गर्छौँ," उनले भने। घटनाका प्रमुख दोषी पप्पुलाई प्रहरी नियन्त्रणमा लिइएको छ। अन्य दोषीलाई समात्न करिब ५० प्रहरी अधिकारीलाई खटाइएको छ। घटनाले गाउँलेलाई आक्रोशित बनाएको छ। बुधबार बिहान ती किशोरीको शव भेटेपछि गाउँलेहरुले विरोध जुलुससमेत गरेका थिए।
सामूहिक बलात्कारका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले निकालेको विरोध र्‍याली।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf