२४ बैशाख, एजेन्सी । उत्तर कोरिया र त्यहाका तानाशाह किम जोंग उनलाई कुनै पनि बेला विपत्ति आउन सक्ने बताइएको छ। चीनले जस्तोसुकै खराब परिस्थितिमा पनि उत्तर कोरियालाई साथ दिदै आइरहेको छ र अहिले पनि यस्तो भएको खण्डमा साथ दिने बताइसकेको छ। यसको लागि चीनले इमर्जेन्सी प्लान पनि बनाइसकेको बताएको छ।
अमरिकाले उत्तर कोरिया आक्रमण गर्न सक्ने भन्दै चीनले बनाएको गुप्त योजना सार्वजनिक भएको बताइन्छ। हालसालै जापानमा लिक भएको एक दस्ताबेज अनुसार पीपुल्स लिबरेशन आर्मीले उत्तर कोरियाको आपतकालिन स्थितिसँग जुध्नको लागि प्लान बनाएको छ। उत्तर कोरिया सरकार उलटफेर हुने वा तानाशाह किम जोंग उनको ज्यानको खतरा भएमा चीनिया सैनिकले सबै अधिकार आफ्नो कब्जामा लिने बताइएको छ।

आपकालिन समयमा कोरियाका नेता किमलाई क्याम्पमा नजरबन्द गर्ने बताइन्छ जसले गर्दा किमले कोरियाको सेनाको नेतृत्व गर्न सक्ने छैनन्। अमेरिकी सेनाले उत्तर कोरियाका नेता किमलाई निशाना बनाउन सक्ने भन्दै यस्तो प्लान गरेको बुझिएको छ।