Home » » साउदी अरवमा काम गरेको पैसा माग्दा एक सय बढी नेपाली बन्धक

साउदी अरवमा काम गरेको पैसा माग्दा एक सय बढी नेपाली बन्धक

५ जेठ, विराटनगर । बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका एक सय वढी नेपालीलाई काम गर्ने कम्पनीले वन्धक वनाएको छ ।
काम गरेको पैसा माग्दा रियाद शहरमा रहेको समास्को कम्पनी नेपालीहरुलाई चारदिन यतावाट वन्धक वनाएको हो । बिभिन्न मेनपावर कम्पनी मार्फत साउदी अरब पुगेका एक सय बढी उनिहरुलाई खान समेत नदिएको झाफा शनिश्चरेका रविन न्यौपानेले जानकारी दिए ।
कम्पनीले उनीहरुको साउदीको अस्थायी पास समेत खोसेपछि बाहिर निस्कन समेत नपाएको उनले टेलिफेानमा बताए । वन्धक वनाइएका नेपालीहरुलाई कम्पनीले राम्रो सँग खाना समेत उपलब्ध नगराएको स्याङ्जा पञ्चमुल ६ का अर्का पीडित गौतम बिकले टेलिफोनमा जानकारी दिए ।
पीडित नेपालीहरुले साउदीस्थित नेपाली दूतावासले समेत कुनै पहल नगरेको गुनासो गरेका छन् । नेपालबाट जुपिटर मेनपावर, जेपिआर ओभरसिज लगायतका मेनपावरबाट उनीहरु साउदी पुगेका थिए । कम्पनीवाटै वन्धक वनाइएका स्याङ्जाका धनबहादुर सुनारले आफूहरुलाई तत््काल उद्धारका लागि सहयोग गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf