Home » » चितवनको रामनगरमा बस दुर्घट्ना २ को मृत्यु ४३ घाईते

चितवनको रामनगरमा बस दुर्घट्ना २ को मृत्यु ४३ घाईते

जेठ १९ ,कालिका । चितवनको रामनगरमा सोमवार मध्यान्ह यात्रुबाहक बस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घट्नामा ४३ जना घाईते भएका छन ।
मृत्यु हुनेमा चालक उदयपुर मयखु गाविस १ का ३५ वर्षीय सुब्बा मगर रहेका छन भने अर्का एकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


एक जनाको घट्नास्थलमै तथा अर्का एकको उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको हो । घाईतेहरुको भरतपुरस्थीत नयाँ मेडीकल कलेज , पुरानो मेडीकल कलेज र भरतपुर सामुदायीक अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घट्ना लगतै पुगेका प्रहरी ,स्थानियवासी लगायतले घाईतेहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय रामनगरका ईन्चार्ज श्यामबाबु यादवले जानकारी दिनुभयो ।

काठमाण्डौबाट धरानका लागी गैरहेको ना ३ ख ८२४२ नम्बरको भाग्यरेखा सेवा बस भरतपुर १ पानिट्याङकी ओरालोमा दुर्घट्नाग्रस्त बनेको थियो । बस चालकको मृत्यु भएकाले दुर्घट्नाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf