
निर्वाचन आयोगले गृह सचिवलाई पठाएको पत्रमा भनिएको छ-’निर्वाचनको अवधिमा निजलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभारबाट मुक्त हुने गरी अर्को व्यक्तिलाई कार्यभार दिएको हो भने निज वरिष्ठ प्रहरी उपरीक्षक रमेशप्रसाद खरेललाई निजको पदाधिकार रहेको कार्यालयमा यथावत जिम्मेवारी दिई कामकाज गराउनु ।’
गृह मन्त्रालयले खरेलको सुरुवाका लागि आयोगसँग सहमति मागेको थियो । तर, आयोगले निर्वाचन आचार संहिता विपरित हुने भन्दै अस्वीकार गरेपछि प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि भन्दै हेडक्वाटर तानेको छ । एआईजीमा बढुवा हुन डीआईजीहरु बि्रफकेस बोकेर मन्त्री र शक्ति केन्द्र धाइरहेको भन्दै भ्रष्टहरुलाई बढुवा नगर्न आग्रह गरेको प्रहरी प्रधान कार्यालयले खरेलमाथि छानविन गरिरहेको छ ।