कायरो : इजिप्टमा इराकी टेलिभिजन अल जजिराका पत्रकारहरुलाई इजिप्टको अदालतले जेल सजाय सुनाएको घटनाको व्यापक विरोध भएको छ। इजिप्टको अदालतले गरेको सो निर्णयको विरोधगर्दै विश्वका देशहरुले ती पत्रकारहरुलाई क्षमादिन दबाब दिएका छन्।
इजिप्टको एक अदालतले आइतबार अल जजिरा टेलिभिजनका तीन पत्रकारलाई सातदेखि दश वर्षको जेल सजाय सुनाएको थियो। सो सजायको विश्वव्यापी रुपमा विरोध भएको हो। इजिप्टमा बसेर पत्रकारिता गरिरहेका ती पत्रकारहरुलाई मुस्लिम बद्ररहुडको प्रचारप्रसार गरेको आरोपमा सो सजाय सुनाइएको हो। हाल सो दललाई इजिप्टको सरकारले प्रतिबन्ध लगाएको छ।उनीहरुको समाचार सम्प्रेषण गरेको र सो दलको पक्षमा झूठो समाचार सम्प्रेषण गरेको आरोप ती पत्रकारहरुमाथि लागाइएको जनाइएको छ।
सजायका लागि डच र बेलायती पत्रकारलाई पनि सुनुवाईमा उपस्थित गराइएको थियो। तर उनीहरुलाई भने रिहा गरिएको बताइएको छ। सरकारले ती पत्रकारलाई पनि सजायको माग गरेका थिए। उनीहरुलाई विगत लामो समयदेखि नै थुनामा राखिएको थियो । उनीहरुलाई थुनामा राखिएको कोठा अध्यारो रहेको, राम्रोसँग बस्न र खानाका लागि पनि प्रबन्ध नगरिएको भन्दै त्यसको पनि अधिकारवादीहरुले विरोध गरेका छन्।इजिप्टमा सन् २०१३ को जुलाईमा इस्लामिक राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरिएपछि उहाँका समर्थकमाथि भिषण दमन गरिएको छ।
सोही दमनका साथै उनीहरुको विरोध प्रदर्शनको समाचार ती पत्रकारले बनाएका थिए।सजाय सुनाइएका पत्रकारहरुमा एक अस्ट्रेलियाली पत्रकार पेटेर गे्रस्टेसमेत रहेका बताइएको छ। ग्रेस्टे र इजिप्टका मोहमेद फाडेल फामीलाई सात वर्षको जेल सजाय सुनाइएको छ। त्यसैगरी अल जजिराका कार्यक्रम निर्माता बहेर मोहमेदलाई थप तीन वर्ष गरी दश वर्षको सजाय सुनाइएको छ।मोर्सी अपदस्थ भएदेखि हालसम्म सैनिक दमनका क्रममा मुस्लिम बद्ररहुडका एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौं पक्राउ परेका छन्। हाल इजिप्टमा स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न पनि प्रतिबन्ध लगाइएको छ।
सो घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ। साथै उनीहरुले इजिप्ट सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अपमान गरेको जनाएका छन्। समाचार लेखेकै आधारमा पत्रकारलाई दश÷दश वर्षको जेल सजाय दिनु नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन हो भनिएको छ।अष्ट्रेलियाले सो घटनालाई दुःखद भनेको छ। उसले यस्ता कारणले पत्रकारलाई जेल सजाय सुनाउनु घोर आपत्तिजनक छ भनेको छ। अष्ट्रेलियाली विदेश मन्त्री जुलिया विशपले सो घटना पूर्णरुपमा राजनीतिबाट प्रेरित हो भन्दै यस सजायलाई तत्कालै उल्टाउनका लागि इजिप्टका राष्ट्रपतिसँग आफूले कुराकानी गर्ने बताए।
त्यसैगरी अमेरिकी विदेशमन्त्री जोन केरीले पनि सो कारबाही घोर अन्यायपूर्ण रहेको भन्दै यसलाई तत्कालै हस्तक्षेप गरी ती पत्रकारलाई रिहा गर्नका लागि आफूले त्यहाँका राष्ट्रपतिसँग कुराकानी गर्ने जानकारी दिए।यस घटनाको विश्वका मानवअधिकारवादी संघसंस्थाहरुका साथै प्रेस स्वतन्त्रता र सूचनाको हकमा कामगर्ने संघसंस्थाहरुले पनि विरोध गरेका छन्। उनीहरुले ती पत्रकारलाई तत्कालै रिहा गर्न आग्रह पनि गरेका छन्।