Home » » इराकको मुख्य तेल प्रशोधन केन्द्र विद्रोहीको कब्जामा

इराकको मुख्य तेल प्रशोधन केन्द्र विद्रोहीको कब्जामा

इराक :इराकका सुन्नी विद्रोहीहरुले आफूहरुले उत्तरी बग्दादको बाइजीमा रहेको एउटा मुख्य तेल प्रशोधन केन्द्र पूर्ण रुपमा कब्जा गरेको दाबी गरेका छन्।
तेल प्रशोधन केन्द्र नियन्त्रणमा लिन उनीहरुले दस दिनदेखि गरिरहेको प्रयास सुरक्षा फौजले विफल पार्दै आएका थिए। सुन्नी विद्रोहीका एकजना प्रवक्ताका अनुसार उनीहरुले नियन्त्रणमा लिएको तेल प्रशोधन केन्द्रको व्यवस्थापनको जिम्मेवारी अव स्थानीय समुदायलाई सम्पिने छन्।उनले राजधानी बग्दाद तर्फ अघि बढ्न आफूहरुले गरिरहेको आक्रमण जारी राख्ने पनि बताए।
इराकको सिरिया र जोर्डनसँगको सिमाना कब्जामा लिएका आईएसआईएस नेतृत्वका विद्रोहीहरुले इराकी शहर हदीथा नजिक एउटा महत्वपूर्ण बाँधमा कब्जा जमाउन संघर्ष गरिरहेका छन्।देशको उत्तर र पश्चिमका सहरहरुमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका उनीहरुले देशको उत्तरी इलाकास्थिति रणनीतिक रुपले महत्वपूर्ण तल अफार विमानस्थलमा पनि नियन्त्रण जमाएका छन्।
आन्तरिक विग्रहमा फसेको इराकको राजधानी बग्दाद पुगेका अमेरीकी विदेशमन्त्री जन केरीले इराकी प्रधानमन्त्री नूरी अल मलिकी सहित कयौ प्रमुख शिया र सुन्नी नेताहरुसँग कुराकानी गरेका छन्। आफ्नो अस्तित्वको रक्षा गर्न लडिरहेको इराकका नेताहरुले यो संकटको सामना गर्न एकसाथ मिलेर काम गर्नुपर्ने केरीले बताए। भेटपछि केरीले भने, 'आफ्नो अस्तित्वको रक्षा गर्न लडिरहेको इराकका नेताहरुले यो संकटको सामना गर्न एकसाथ मिलेर काम गर्नु पर्छ। इराकको भविष्य आगामी केही दिनमा लिइने निर्णयमा निर्भर हुनेछ।' 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf