Home » » माइक्रोबस खोलामा खस्दा ४ जनाको मृत्यु, २० घाइते

माइक्रोबस खोलामा खस्दा ४ जनाको मृत्यु, २० घाइते


सुर्खेत, १० असार । सुर्खेतको बोटेचोरबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको बा २ ख ६१९२ नम्बरको माइक्रोबस (फोर्स) मंगलबार दिउँसो रत्न राजमार्ग अन्तर्गत पर्ने सत्तरी नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मुत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा मेहलकुना ७ का दीपक केसी, खनीखोला १ का दुर्गबहादुर बिक, दशरथपुर ५ का कमला खड्का  र दशरथपुरकै चार बर्षीया बालिका अनिता वस्नेत रहेका छन् । केसीको दुर्घटना स्थलमै मृत्यु भएको र बालिका वस्नेतको उपचारका क्रममा स्थानीय माया नर्सिङ होम तथा खड्का र बिकको क्षेत्रीय अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख जीवन बुढाथोकीले बताए ।  
 
दुर्घटना हुँदा गाडीमा करिब २४ जना यात्रु रहेको र घाइते २० जना मध्ये दुइ जनालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको तथा  बाँकीको माया नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको प्रहरीले बताएको छ । तीब्रगतीमा चलिरहेको गाडीको गती नियन्त्रण गर्न नसक्दा घुमाउरो बाटो (मोड) बाट गाडी खोलामा खसेको ट्राफिक प्रहरी प्रमुख बुढाथोकीले बताए । उनका अनुसार दिउँसो साढे १२ बजे तिर दुर्घटना भएको हो ।
 
घाइते हुनेहरुमा चालक खलङ्गा ५ जाजरकोटका अजय बटाला, मैनतडा ६ का बीर खड्का र खिमबहादुर दलार्मी, रामघाट ६ का अमन चुनारा र नविन खड्का रहेकाछन् । दशपुरपुर २ का तिलसरा वस्नेत, धनराज वस्नेत, देउडाकला ३ बर्दियाका चित्रबहादुर खत्री, खानीखोला १ सुर्खेतका संगिता विक, सहारे ७ का वीरेन्द्र पुन, मैनतडा ३ का दीपक सुनार, नेटा ३ का रेखा मल्ल, गोकर्ण मल्ल र डेढ बर्षीय बालक मनसुन मल्ल घाइते भएका भएका छन् ।  घुमखहरे ७ का सीता खत्री, मीना विसी र ललित खत्री, घुमखहरे ८ का सुरेश खत्री, काप्रिचौर १ देबीसरा केसी, मैनतडा ५ का मोतीकुमारी विसी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने दशपुरपुर २ की बालिका अनिता वस्नेतका आमा तिलसरा वस्नेत र बुवा धनराज वस्नेतलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहोलपुर रिफर गरिएको हो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf