सुर्खेत, आषाढ १० । सुर्खेतको छिन्चु गाविस वडा नम्बर ६ पाँडुलेमा माइक्रो बस दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा दशरथपुर २ की ४ वर्षीया बालिका अनिता बस्नेत, दशरथपुर ५ की ४० वर्षीया कमला खड्का, मेहलकुना ७ का ३० वर्षिय दीपक केसी र खानीखोला १ का दुर्गाबहादुर विक रहेका छन् ।
बोटेचौरबाट
वीरेन्द्ररनगरतर्फ जाँदै गरेको माइक्रो बस सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्लास्थित माया नर्सिंङ होम र क्षेत्रीय अस्पताल कालागांउमा भर्ना गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ
