Home » » बैदेशिक रोजगारमा तेब्बर राहत, मृतकका आफन्तले १५ लाख रुपैयाँ पाउने

बैदेशिक रोजगारमा तेब्बर राहत, मृतकका आफन्तले १५ लाख रुपैयाँ पाउने

१० असार, काठमाडौ । सरकारले रोजगारीको सिलसिलामा विदेश गएर ज्यान गुमाउनेका आफन्त र अंगभंग हुने कामदारलाई अहिलेको बिमाको तुलनामा तेब्बर आर्थिक सहायता दिने तयारी थालेको छ । सरकारले बैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी विदेश जाने कामदारको जीवन बिमा गर्नु पर्ने नियमको ठाउँमा सुरक्षण कोषको प्रावधान राख्न लागेको हो ।

 आजको नागरिक दैनिकले समाचार छापेको छ । ऐन संशोधन भएपछि विदेशमा ज्यान गुमाउने कामदारका आफन्तले १५ लाख रुपैयाँसम्म आर्थिक पाउने छन् । अहिलेको एनेमा विदेशमा कामदारको मृत्यु हुँदा जीवन बिमाबापत आफन्तले पाँ लाख रुपैयाँसम्म पाउने प्रावधान छ । भवितव्यको अवस्थामा उक्त रकम पाउन कामदारले विदेश जानुपूर्व उमेर हेरी १८ सयदेखि २५ सय रुपैयाँसम्म शुलक तिरेर बिमा गराउनु पर्छ ।

बिमा अबधिभित्रै कामदारको मृत्यु भए बिमा कम्पनीले पाँच लाख रुपैयाँ दिन्छन् । सरकारले यसको सट्टा उक्त रकम आफैँले लिएर बैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत सुरक्षण कोष स्थापना गरी भवितव्यको अवस्थामा १५ लाख रुपैयाँसम्म मृतकका आफन्तलाई दिने तयारी थालेको हो । वैदेशिक रोजगार ऐन २०६४ संशोधनको तयारीमा रहेको श्रम तथा रोजगार राज्यमनत्री टेकवहादुर गुरुङले जानकारी दिए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf