आईतमाया तामाङको हत्याको अभियोग लागेका अभियुक्त पुर्पक्षका लागी जेल चलान
बाहुनडा“डा ८ लामपाटाकी १९ बर्षिय किशोरी आइतकुमारी तामाङ रहस्यमय मृत्यु भएको महिना दिन पछि हत्याको अभियोग लागेका अभियुक्तलाई पुर्पक्षका लागी जेल चलान गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश दिपकराज पन्तको ईजलासले अभियुक्त बाहुनडाडा ६ ठूलाबेसीका १८ बर्षिय जितबहादुर अधिकारी र उनका हजुरआमा पदमकुमारी महतलाई पुर्वक्षका लागी जेल चलान गरेको हो । जिल्ला प्रहरी कार्यालयले घटनामा अभियुक्त दुबै जना संलग्न रहेको भन्दै जेठ १४ गते अदालतमा मुद्धा दायर गरेको थियो । अदालतले घटनाका विषयमा प्रहरीले लिएका बयान र अन्य प्रमाणहरुको परिक्षण गरेर अन्तिम फैसला गर्ने जनाएको छ ।
गत जेठ ७ गते बेसीशहर स्थित आफ्नै डेराबाट बेपत्ता भएका आईतमायाको शब एक साता पछि मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधमा भेटिएको थियो । बेसीशरह स्थित जनविकास उमावि कक्षा ११ मा अध्ययनरत तामाङको कोठामा रगताम्य तन्ना र भित्री कपडा भेटिएको थियो । अभियुक्त जीतबहादुर र मृतक आइतकुमारी दुवै गाउ“को एकै विद्यालयबाट एसएलसी गरि बेसीशहरमा एउटै घरमा डेरा गरि एकै कलेजमा अध्ययनरत थिए । तामाङ हराएको दिन ७ गते दिउ“सो सा“ढे १ बजेसम्म पनि उनीहरु दुवै जना सगै कोठामा थिए । पिडितकी आमा सेतीमायाले उक्त दिन सोही समयमा छोरीले रुर्दै आफूलाई कुनै केटाले जवरजस्ती गरेको टेलिफोनमार्फत जानकारी गराएकाले उनैमार्फत हत्या भएको दावी गरेकी छिन् । यसअघि पनि ति युवाले पटक पटक छोरीलाई जवरजस्तीको प्रयास गर्दै आएको उनले बताइन् । आईतमायाको हत्या भएको भन्दै बेसीशहर स्थित आमा समुह लगायतले बेसीशहर बन्द सहित विभिन्न आन्दोलनका कार्यक्रम गरेका थए ।