Home » » विदेशमा काम गर्ने नेपालीको क्षतिपूर्ति दोब्‍बर हुने पुरा विवरण हेर्नको लागि तलको लिंक मा क्लिक गर्नु होला

विदेशमा काम गर्ने नेपालीको क्षतिपूर्ति दोब्‍बर हुने पुरा विवरण हेर्नको लागि तलको लिंक मा क्लिक गर्नु होला

लमजुङ्, सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुँदा आफन्तलाई दिने क्षतिपूर्ति रकम दोब्बर बढाउने भएको छ। हाल उपलब्ध गराइएको रकम न्यून भएको गुनासो आउन थालेपछि क्षतिपूर्ति रकम दोब्बरले वृद्धि गर्न लागिएको हो।

हाल सरकारको अनुमति लिएर वैदेशिक रोजगारमा गएका कामदारको कुनै कारणवश मृत्यु भएमा त्यस्ता कामदारको परिवारलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिइने व्यवस्था छ। यो रकम अब बढाएर दोब्बर बनाइने सम्बद्ध अधिकारीले जानकारी दिएका छन्।
क्षतिपूर्ति रकम बढाउनका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहमति दिई प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ। मन्त्रालयले यसमा अध्ययन गरी मन्त्रिपरिषद्‌मा पेस गर्दैछ। आगामी तीन महिनाभित्र नियमावली संशोधन गरिसक्ने गरी काम भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जानकारी दिएको छ। क्षतिपूर्ति रकम करार अवधि नसकिएका कामदारले मात्र पाउनेछन्।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले बिदेसिएका कामदारको मृत्यु भएमा दिने क्षतिपूर्ति रकम थोरै भएको गुनासो आउन थालेपछि शतप्रतिशत वृद्धि गर्ने तयारी गरिएको बताए। अहिलेको तयारीअनुसार काम भएमा आगामी तीन महिनाभित्रै नियमावली संशोधन भइसक्ने उनले जानकारी दिए।
सरकारले मृत्यु भएका र अंगभंग हुने कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन बिदेसिने प्रत्येक कामदारसँग एक हजार रुपैयाँ रकम लिने गरेको छ। यो रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा राखिएको छ।
यसैगरी, विदेशमा कामका क्रममा अंगभंग भएमा त्यस्ता कामदारले पाउने क्षतिपूर्ति रकमसमेत शतप्रतिशत वृद्धि गरिने भएको छ। हालको व्यवस्थाअनुसार सरकारी अनुमति लिएर विदेश गएका कामदारको कामका क्रममा अंगभंग भएमा अधिकतम दुई लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिइने व्यवस्था छ।
शरीरको विभिन्‍न अंगमा पुगेको क्षति र संवेदनशीलताका आधारमा अंगभंगबापत क्षतिपूर्ति रकम उपलब्ध गराइन्छ। क्षतिपूर्ति रकमका लागि अंगभंग भएको एक वर्षभित्र आवश्यक कागजपत्रसहित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा निवेदन दिनुपर्छ। अंगभंगको प्रकृति, अस्पतालको प्रिस्केप्सनलगायतका आधारमा बोर्डले अध्ययन गरी आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
मृत्यु भएका र अंगभंग हुने कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन बिदेसिने प्रत्येक कामदारसँग एक हजार रुपैयाँ रकम लिने गरिएको छ। यो रकम वैदेशिक रोजगार क ल्याणकारी कोषमा जम्मा भएको छ। क्षतिपूर्तिबाहेक बिदेसिने कामदारलाई तालिम, प्रवर्द्धनात्मक कार्यक्रम, अभिमुखीकरण कार्यक्रम, प्रचारप्रसारलगायतका काममा खर्च गर्नुपर्ने व्यवस्था छ।
हाल वैदेशिक रोजगारीमा दैनिक सरदरमा एक हजार पाँच सयजना कामदार जाने गरेका छन्। हाल सरकारी अनुमति लिएर बिदेसिने कामदार करिब ३३ लाख पुगेका छन्। यसबाहेक अवैधानिक तरिकाले जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको अनुमान छ। नेपालबाट बिदेसिने कामदारमध्ये ७९ प्रतिशत कामदार अदक्ष हुने गरेका छन्।
अदक्ष भएकाले नेपाली कामदारले विदेशी मुलुकमा न्यून तलबमा जोखिमपूर्ण काम गर्नुपरेको छ। जोखिमयुक्त काम गर्दा मर्ने तथा अंगभंग हुनेको संख्या धेरै हुने गरेको छ। दैनिक औसतमा दुईजना नेपाली कामदारको लास आउने गरेको छ। अंगभंग हुनेको संख्या पनि दैनिक सोही हाराहारीमा रहेको अनुमान छ।

ओमानमा वैदेशिक रोजगार प्रवर्द्धन
मस्कट : नेपाली राजदूतावास मस्कटले ओमानको सलाला सहरमा वैदेशिक रोजगार प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। ओमानका लागि नेपालका कार्यवाहक राजदूत झवीन्द्र अर्यालले राजदूतावासका अन्य कर्मचारीका साथ सलालामा रोजगारदाता र रोजगार प्राप्त नेपाली समुदायबीच अन्तरक्रिया कार्यक्रम गरेका थिए। कार्यक्रममा अर्यालले ओमानलाई एक सुरक्षित, व्यवस्थित र मर्यादित गन्तव्य बनाउने विषयमा नेपाल सरकार तयार रहेको जानकारी गराएका थिए।
सोही अवसरमा तीन दिनसम्म सलाला सहर तथा सोको वरपर रहेका नेपालीलाई राजदूतावासले कन्सुलर सेवा पनि प्रदान गरेको थियो। राजदूतावासको कार्यमा गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय परिषद्, सलाला, ओमानका प्रतिनिधिले सहयोग पुर्‍याएका थिए।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf