Home » » घरले च्यापिएर पोखरामा दुईको मृत्यु, ३ घाइते ।

घरले च्यापिएर पोखरामा दुईको मृत्यु, ३ घाइते ।

हिजो पोखराको लेकसाइडस्थित दरवार मार्गमा पुरानो घर भत्काउने क्रममादुई जना मजदुरको घट्नास्थलमै मृत्यु भएको छ । घटनामा तीन जना घाइेत भएका छन् । मृत्यु हुनेमा पर्सा घर भई हाल पोखरा बस्दै आएका ३२ वर्षिय मनहोर दास र ३५ वर्षिय हरिनन्दन भण्डारी रहेका छन् । उनिहरु मेटलमा काम गर्दै आएका थिए ।घर भत्कदा पर्साका हरेराम सिंह, विष्णुप्रसाद सुवेदी र सुरज भण्डारीघाइते भएका छन् । उनीहरुलाई हात र खुट्टामा सामान्य चोट लागेको छ । बाबुराम लामिछानेको पुरानो दुई तले ढलान घरको फलामे गोल भ¥याङ काटेर विमलाई तान्न डोरी लगाउने क्रममा विमले च्यापीयर उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो ।उनीहरुको छाती र टाउकोमा चोट लागेको थियो । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयले सव निकालेका थिए । एक्कासी मिम खसेपछि आफूहरु भागेको तर तल भएका दुई जना साथीहरुलाई सोहि बिमले च्यापेको घाइते हरेराम सिंहले बताएघर धनि लामिछानेले पुरानो घर भएको ठाउँमा भत्काएर पार्किङ बनाउन थालेका थिए । फलामको भ¥याङ र विमलाई छुट्टाउनका लागि मेटमा काम गर्नेहरु आएको लामिछानेले बताए । उनले पछाडी पटि होटल प्रयोजनको लागि घर निमार्ण गरिरहेका छन् । भत्कीएको घर १६ वर्ष पुरानो भएको लामिछानेले बताए ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf