लमजुङको वन्सार खिन्चोकमा बैशाख १२ मा दोस्रो हनि हन्टिङ महोत्सव सम्पन्न नेपाल मौरी पालन महासंघ लमजुङद्धारा वैशाख १२ गते पुर्वी लमजुङको बन्सार गाविसमा दोस्रो हनि हन्टिङ महोत्सव सफलताको साथ सम्पन्न भएको छ । हनिहन्टिङ महोत्सवमा देश तथा वािहरका गरि करिव एक हजार जनाको सहभागीता रहेको थियो । हनिहन्टिङ वन्सार खिन्चोकका ६५ वर्षिय सार्की घलेले गर्नुभएको थियो ।विगत केही वर्षदेखि लमजुङको लेकका विभिन्न भिरपहरामा हनी हन्टिङ अर्थात् मह शिकार महोत्सव हदै आएको छ ।बन्सार गासिवको वडा नं ४, ५, ६ र ७ मा रहेको वन्सारको भिरमा ४० गोला भीर मौरी रहेको छ ।कहाली लाग्दो भीर पहराहरुमा हुने महशिकार अथार्त ‘हनि हण्टीङ’ विश्वमै विरलै हुने गर्दछ । अत्यन्तै महशुर महशिकारीहरुले गर्ने महशिकार पर्यटकका लागी नौलो र आकर्षणको विषय पनि बन्ने गरेको छ । आङै सिरीङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ मह शिकारीहरुले मह काडेको जोखिम पुर्ण दृश्य स्वदेसि विदेशी सवैका लागी साच्चै अविस्मरणीय र रोचकको विषय हुन सक्छ ।लमजुङको घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, दूधपोखरी लगायतका भीर पहराहरुमा भीर माहुरी प्रशस्तै पाइने गर्छ । महशिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षकका लागि आजकाल ‘हनिहन्टिङ फेस्टिवल’ का रुपमा महशिकार गरिदै आएको छ । भिर पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट महशिकार गरिए स्थानिय गाउँलेको आम्दानीको साथै महशिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउने छ ।प्रति लिटर एक हजार रुपैयासम्म पर्ने यो भिर मौरीको मह दम, नशा, ढाँड सम्वन्धि रोगको औषधीको रुपमा प्रयोग गरीन्छ । लमजुङका विभिन्न स्थानका छङ्गाछुर ठाडो भीरपहरामा हुने मह शिकार हेर्दैमा जती डर लाग्दो छ, शिकार गर्न पनि उत्तिकै गाह्रो छ । परापुर्व कालदेखि जंगलको आसपासमा बस्दै आएका गुरुङ समुदायका मानिसहरुको आम्दानीको स्रोत बन्ने गरेको महशिकार आजकाल पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ ।
-