
को हुन चरी ?
धादिङ घर भएका चरीको गुण्डागर्दीको मुख्य क्षेत्र ठमेल , बालाजु र नयाँ बजार थियो । धादिङमा एमाले नेता राजेन्द्रप्रसाद पाण्डेको संरक्षणमा उनले विभिन्न ठेक्का पट्टामा हैकम जमाउँदै आएका थिए । क्यासिनो भेनसमा पनि उनको लगानी थियो । २०६० सालतिर अर्का गुण्डा कुमार घैंटसँग मिलेर काम गरेका चरीले पछि एक्लै गुण्डागर्दी गर्न थाले । यार्सागुम्बा लुट्नेदेखी हत्या, अपहरण, चन्दा असुलीमा उनको संलग्नता थियो । २०७० सालमा गैंडाको खाग तस्करीमा उनी पक्राउ परेका थिए । तर एमाले नेताहरुले तिब्र दबाब दिएका कारण उनी रिहा भएका थिए । त्यसबेला उनलाई रिहा गराउन एमालेका वर्तमान अध्यक्ष केपी ओली खुलेर लागेका थिए । ओलीकै दबाबमा खाग नक्कली परेको भन्दै चरीलाई उन्मुक्ती दिइएको थियो ।
एमालेको संरक्षण
चरी सुरुमा काँग्रेस थिए । पछि एमालेमा प्रवेश गरे । उनलाई एमालेका पुर्व अध्यक्ष झलनाथ खनाल, वर्तमान अध्यक्ष केपी ओली र धादीङका एमाले नेता राजेन्द्र पाण्डेको संरक्षण प्राप्त थियो । चरीले नै ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार गराएका थिए । धादीङ क्षेत्र नम्बर १ को उपाध्यक्ष भएकाले एमालेका नेताहरुले चरी पक्राउ पर्दा पटक पटक गिरफ्तारीलाई राजनीतिक रंग दिएर रिहाईका लागि दबाब दिने गरेका थिए । २०६८ साल वैशाख १३ गते चरी नागढुंगामा पक्राउ परेका थिए । धादीङको भएको एक ठेक्कापट्टामा फिरौती असुली गरी फर्कदै गर्दा उनी पक्राउ परेका थिए । धादीङमा भएको १७ करोड रुपैयाँको ठेक्कामा ५१ लाख फिरौती उठाई काठमाडौं फर्कदै गर्दा चरीसहित११ जना गुण्डा पक्राउ परेका थिए । त्यसबेला प्रधानमन्त्री झलनाथ खनाल नै थिए । चरी पक्राउ परेको विरोधमा खनालको दल एमालेका कार्यकर्ताले पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए ।
अस्पतालबाटै फरार
२०७० असार २२ मा चरीमाथि नैकपामा राधे समूहले गोली प्रहार गरेको थियो । राधे उनकै समुहबाट अलग भएका गुण्डा थिए । धादीङमा एमाले नेता केपी ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट काठमाडौं फर्कदै गर्दा उनीमाथि गोली प्रहार गरिएको थियो । दाहीने पाखुरामा गोली लागेका चरी धन्न बाँचेका थिए । शिक्षण अस्पतालमा उपचार भइरहेकै बेला उनी अस्पतालबाटै फरा भएका थिए । ३ वर्षअघि पनि प्रकाशराज सिलवालको हत्यामा उनी जेल परेका थिए र त्यसबेला पनि प्रहरी हिरासतबाटै भागेका थिए । चरीले त्यसैको बदला लिन पाँच महिनापछि राधेको गोडा र ढाडमा खुकुरी हानेका थिए । चरीमाथि गोली हान्ने राधेले आफुले प्रयोग गरेको पेस्तोल राधेकै भएको बयान दिएका थिए । त्यसपछि चरीमाथि पनि हात हतियार तथा खरखजाना मुद्दा लगाइएको थियो । तर जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेको थियो ।
गोर्कणमाथि आक्रमण
सम्पत्ती सुद्धीकरण अनुसन्धान आयोगले अकुत सम्पत्ती आर्जन गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाइरहेको थियो । एमाले सरकारमा उर्जामन्त्री बनेका गोकर्ण विष्टमाथि भएको सांघातिक आक्रमणमा चरी समूहकै संलग्नता भएको प्रहरी सुत्रले जनाएको थियो । गोकर्णमाथि आक्रमण गर्ने जोहन गुरुङ पछि चरी समूहबाट पक्राउ परेकाले आक्रमणमा चरीको संलग्नता रहेको खुलेको थियो ।
मोडल खुश्वुसँग विवाह
राधेलाई खुकुरी प्रहार गरेपछि चरी फरार थिए । फरार रहेकै बेला उनले मोडल खुश्वु ओलीसँग प्रेम गरेको खबर आएकाले उनी विदेशमै रहेको अनुमान गरिएको थियो । प्रहरीले चरीको एउटा गाडी ललितपुरस्थित अोलीको घरबाट बरामद गरेको थियो । काठमाडौंमा रमेश खरेलको पोस्टीङ भएपछि चरी भागेर भारतको गोवा पुगे । त्यहीबाट उनी सिंगापुर पुगेर मोडल खुश्वुसँग रोमान्स गदै खुश्वुलाई लिएर गोवा फर्कीएको स्रोत बताउँछ ।