लमजुङ्, २१ साउन । सिन्धुपाल्चोकको जुरेको सुनकोसीमा गएको पहिरोमा हराइरहेका १ सय २३ जनालाई स्थानीय प्रशासनले मृत घोषित गरेको छ ।
स्थानीय प्रशासनले हराइरहेका एक सय २३ जनालाई मृत घोषित गरेपछि मृतको संख्या एक सय ५६ पुगेको हो ।
यसअघि खोजतलासका क्रममा ३३ जनाको शव फेला परेको थियो ।
त्यसैगरी काज किरियाका लागि खर्चस्वरुप सरकारले प्रतिमृतक ४० हजारको दरले राहत उपलब्ध गराएको छ ।
पीडितहरुलाई भने प्रति परिवार पाँच हजारको दरले राहत उपलब्ध गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
पुरिएकाहरुको शव फेला नपरेपछि स्थानीयले कुशको शव बनाई दाहसंस्कार गरेर किरिया थालेका छन् ।