Home » » स्याउको राजधानीको रुपमा चिनिँदै आएको मुस्ताङको स्याउ बोटबाटै बिक्री

स्याउको राजधानीको रुपमा चिनिँदै आएको मुस्ताङको स्याउ बोटबाटै बिक्री


Mustang appple

लमजुङ्, भदौ १७ – स्याउको राजधानीको रुपमा चिनिँदै आएको हिमाल पारिको जिल्ला मुस्ताङमा यो वर्ष उत्पादन भएको स्याउ बोटबाटै बिक्री हुन थालेको छ । जिल्लाको विभिन्न गाविसमा कृषकले उत्पादन गरेको स्याउ खरिदकर्ता बोटमै आएर खरिद गर्न थालेका हुन् । मुस्ताङमा उत्पादित स्याउ स्वादिलो र रसिलो हुने भएकाले बोटबाट टिप्ने सिजनअगावै व्यापारी आएर स्याउको बगैँचानै खरिद गर्न थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । केही वर्ष अगाडिसम्म बजार अभावका कारण बोटमै कुहिएर जाने गरेको स्याउ अहिले भने बगैँचा नै बिक्री हुन थालेको कोबाङका स्याउखेती कृषक बसन्त शेरचनले बताए । पचास बोटमा उत्पादन भएको स्याउ बगैँचा रु चार लाखमा व्यापारीलाई बेच्नुभएका शेरचनले स्याउको उत्पादन बढेकाले कृषक उत्साहित बनेको बताए । उनले जिल्लाको अधिकांश ठाउँमा उत्पादन भएको स्याउका बगैँचा धादिङ, पर्वत, बाग्लुङ, म्याग्दीलगायतका ठाउँका व्यापारीले खरिद गरिसकेको जानकारी दिए । गत वर्षभन्दा स्याउ उत्पादन बढेपछि यहाँका कृषक उत्साहित बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सूर्यबहादुर बोगटीका अनुसार, यो वर्ष मुस्ताङमा चार हजार २०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष तीन हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष हिमपात बढी भएको, रोगकिराविरुद्धको जैविक औषधिको प्रयोग, बगैँचा व्यवस्थापनलगायतका कारण उत्पादन बढेको कार्यालयका योजना अधिकृत तप्त गुरुङले जानकारी दिए । कुल ८६७ हेक्टरमा स्याउखेती विस्तार भएको जिल्लामा अहिले ३१५ हेक्टरमा रोपण गरिएका बोटबाट मात्रै स्याउ उत्पादन हुने गरेको छ । गोल्डेन, डेलिसेस, रिचारेड, रेड डेलिसेसलगायतका जातका स्याउ उत्पादन हुने मुस्ताङमा कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनीलगायतका गाविस स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf