काठमाडौं, भदौ २९– हृदयघात र मष्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको अवस्थाबारे भ्रामक समाचारहरु सार्वजनिक भएपछि एमाओवादीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जाल र केहि अनलाइनले समेत बोगटीबारे भ्रामक प्रचार गरेपछि एमाओवादीले त्यसको खण्डन गर्दै उनको उपचार जारी रहेको प्रष्ट पारेको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डका स्वकिय सचिव चूडामणि खड्काले बोगटीको उपचार जारी रहेको बेला अनेकन भ्रामक हल्लाहरु फैलिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले उनको अवस्था गम्भीर रहेको भन्दै चिकित्सहरुले भेन्टिलेटरमा राखी रक्तचाप अपेक्षित स्तरमा कायम राख्ने औषधिका साथ अन्य जीवनदायी र महत्वपूर्ण औषधिहरूको सहयोगमा उपचार गरिरहेको जानकारी दिए ।
यता नर्भिक अस्पतालले पनि बोगटीको अवस्था अत्यन्तै गम्भीर रहेको तर उनको उपचार जारी रहेको जनाएको छ । आज दोस्रो पटक विज्ञप्ती जारी गर्दै अस्पतालले उनलाई कृत्रिम श्वास–प्रश्वास यन्त्र
(भेन्टिलेटर) मा राखी रक्तचाप अपेक्षित स्तरमा कायम राख्ने औषधिका साथ अन्य जीवनदायी र महत्वपूर्ण औषधिहरूको सहयोगमा उपचार सुचार गराइएको जनाएको छ ।