Home » » सरल नेता बोगटी थामिएन आँशु पेरिसडाँडामा (फोटोफिचर)

सरल नेता बोगटी थामिएन आँशु पेरिसडाँडामा (फोटोफिचर)

post last (1)नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं. २ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी दिवाकरको जन्म २०१० सालमा भएको थियो । निम्न मध्यम परिवारमा बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट उनको जन्म भएको थियो ।   बुवा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई पोष्टबहादुर बोगटी पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त भए । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गरेका बोगटी सरल, मिलनसार स्वभावका थिए। उनको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो ।   बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणबाट सहिद भएका थिए । राजनीतिक यात्रा र जिम्मेवारी समाजसेवीको छवि भएका बोगटीले २०३५ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बोगटीले बताउने गरेका थिए । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको सम्झना बोगटीले गर्ने गरेका थिए । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई बोगटी २०३७ सालमा संयुक्त चौममा आबद्ध भएका थिए । पुष्पलाल समूहले २०३५–२०३६ सालको आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौममा जोडिएका थिए।   संयुक्त चौंथो महाधिवेशनसम्ममा उनीजिल्ला समिति सदस्य भइसकेका थिए । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व यिनै बोगटीले समालेका थिए । त्यतिवेला वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा बोगटी मशालको जिल्ला सेक्रेटरी भए । २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी उनको राजनीतिक जीवनले उचाई लिँदै गएको थियो । शान्ति प्रक्रियामा आउँदा समेत उनले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी लिएका थिए भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका उनको काँधमा आएको थियो ।   २०६९ सालमा हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौ राष्टिय महाधिवेशनमा वोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन भए । २०६२–२०६३ सालको आन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न। ३ बाट बोगटीले आफ्नो जीत दर्ता गराएका थिए । संविधानसभा सदस्य हुँदै उनी एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक समेत बने ।उनले भmलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय समेत सम्हालेका थिए । त्यसलगत्तै बनेको डा।बाबुराम भट्राई नेतृत्वको सरकारमा उनले उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।   जेल जीवन पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा संघर्ष र जेल जीवनले भरिएको छ । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४०मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना उनले जेल जीवन बिताउनुपर्यो । दसैंको नवमीको दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहाई गरियो ।   यस्तै २०४२ सालमा भएको बमबाण्डमा पनि उनीघरबाटै पक्राउ परे । त्यसबेला उनी पार्टीको जिल्ला समिति सेक्रेटरी थिए । क्त बम काण्डमा उनको गाउँबाट ११ जना र नुवाकोट जिल्लाबाट गणेश पण्डित सहित २७ जना पक्राउ परेका थिए । सो बम काण्डमा पक्राउ परेका दिलीप चौधरीलाई तत्कालिन राज्यले बेपत्ता बनाई हत्या गरेको थियो । प्रचण्डका सबैभन्दा विश्वास पात्र   एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सबैभन्दा विश्वास पात्र थिए पोष्टबहादुर बोगटी । बोगटी जहिले पनि पार्टी र नेतृत्वका खातिर सतिसाल झै थिए । उनको ध्यान जहिले पनि पार्टी बचाउनेतिर हुन्थ्यो, त्यसैले उनी पार्टीभित्र ठूलो अन्तरसंघर्ष भएको बेला जहिले पनि संस्थापन पक्षतिर रहन्थे । अध्यक्ष दाहाललाई निःस्वार्थ सहयोग गर्ने नेता थिए वोगटी ।   दाहाल केही गर्नुपरे सबभन्दा पहिले बोगटीसँंग सल्लाह लिन्थे । बोगटीले कहिले पनि आफूलाई फाइदा हुनेगरी दाहाललाई सल्लाह दिदैनथे । आफूलाई जे लाग्थ्यो, त्यही कुरा दाहाललाई भन्थे । निःस्वार्थ सल्लाह सुझाव दिने भएकाले दाहालले उनलाई जहिले पनि उनीसंग सल्लाह नगरी कुनै पनि कदम चाल्दैनथे । दाहालको पहिलो बैठक नै बोगटीसँग हुने गर्दथ्यो । त्यसपछि मात्र अन्य नेताहरुसँग हुने गर्दथ्यो । 
post last (5) post last (7)




10628022_10203636481904323_8005830338833944092_n10583068_10203579396098887_7701622255061009883_o




postaB_20140915081417



post last (6)
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf