काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै संघका अध्यक्ष गणेश थापालाई पदबाट निलम्बन गर्न निर्देशन दिएको छ।
समितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। समितिले गरेको छानबिनअनुसार विभिन्न शीर्षकमा थापाले ५८ करोड १७ लाख हिनमिना गरेको निश्कर्ष लेखाको छानबिनले निकालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाका भाइ गणेश संविधानसभाको सदस्यमा पनि मनोनित भएका छन्। सभासद् नहुँदै लेखाले थापालाई बोलाएर एन्फाको बजेट हिनामिनाका बारेमा सोधपूछ गरेको थियो।
यसबारेमा विस्तृत छानबिन गर्नका लागि युवा तथा खेलकूद मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पनि लेखा समितिले निर्देशन दिएको छ।