Home » » अन्जु पन्तले हिन्दु धर्मालम्बीका देवीदेवतासम्बन्धी गीत गाउन मानिनन् ! उहाको आलोचना गर्नु बेकार हो उहालाई गाउन मन परेन गाउनु भएन अरुको बारेमा लेख्दा अलि मिलाएर लेखने कि मित्रहरु ?

अन्जु पन्तले हिन्दु धर्मालम्बीका देवीदेवतासम्बन्धी गीत गाउन मानिनन् ! उहाको आलोचना गर्नु बेकार हो उहालाई गाउन मन परेन गाउनु भएन अरुको बारेमा लेख्दा अलि मिलाएर लेखने कि मित्रहरु ?

Anju-panta
काठमाडौं, १९ भदौ । गायिका अञ्जु पन्तले भगवान् (हिन्दु धर्मालम्बीका देवीदेवता) का गीत गाउन अस्वीकार गरेकी छिन् । दशैंको पूर्वसन्ध्यामा ‘देवीले रक्षा गरुन्’ भन्ने आशयको दशैँको शुभकामना गीत गाउन उनले अस्वीकार गरेकी हुन् ।
सहदेव कोइरालाको रचनामा अञ्जुको स्वरमा रेकर्ड हुन लागेका उक्त गीतका शब्द हेरेपछि अञ्जु बुधवार स्टुडियोबाट गीत नगाइ फर्केकी छिन् । सहदेवले माथिको घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘मैले शुभकामना गीत भनेर गाउन बोलाएको थिएँ, उहाँले ‘भगवान जोडिएको गीत नगाउने’ भनेर फर्किनुभयो ।’
केही वर्षदेखि अञ्जु क्रिस्चियन धर्मावलम्बी बनेकी छिन् । आफूले गीत गाउन नमानेको स्वीकार्दै अञ्जुले भनिन्, ‘मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।’ 
अञ्जुको यो व्यवहारले धेरै फ्यानहरुले चित्त दुखाएका छन् । सामाजिक सञ्जालहरुमा अञ्जुको चर्को आलोचना भइरहेको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf