सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम गर्दै आएका थिए भने कपार गत अगस्ट २७ मा पक्राउ परेका थिए । उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी स्वदेश पठाउन त्यस केन्द्रमा राखिएको थियो । मृतक नेपालीको शव स्थानीय हमाद अस्पतालमा राखिएको छ ।
कतारमा घर फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) को एउटा भवनमा आगलागी हुँदा मृत्यु भएका पाँच जनामध्ये दुई जना नेपाली रहेको तथ्य खुलेको छ । त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदारलाई पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ ।
नेपाली दुतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा–७,म्याग्दीका ३२ वर्षीय पुर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिरान कपार छन् । मोवाइल चार्ज गर्ने क्रममा त्यहाँ आगलागी भएको बताइएको छ । गैरकानुनी हैसियतमा रहेका ती नेपालीलाई पक्राउ गरी प्रहरीले जेलमा राखेको थियो ।