Home » » नबिन कुमार वाईबा बाट अन्जली लामा भईन् पुरा विवरण हेर्नको लागि यहाँ जानुस !

नबिन कुमार वाईबा बाट अन्जली लामा भईन् पुरा विवरण हेर्नको लागि यहाँ जानुस !



युबराज तामाङ् लमजुङ्, भाद्र २७ - १८ वर्षको उमेरसम्म उनले लोग्नेमान्छेका कपडा लाइन् । घाँस जाँदा, पँधेरोमा पानी भर्न जाँदा या स्याउला झार्न रूख चढ्दा मन भने केटीको जस्तै भएर आउँथ्यो रे । त्यही भएर पाँच भाइमध्ये चार दाइहरूले कट्टु लाउँदा उनी चाहिँ लुङ्गी बेरेर गोठालो जान्थिन् ।

नुवाकोटको काउले गाउँमा नवीनकुमार वाइबाको जीवनको दुई दशक यसरी नै बित्यो । एसएलसी पास भएर काठमाडौंको त्रिचन्द्र कलेज पढ्न आएपछि उनको रूपान्तरण नवीनबाट अञ्जली लामाका रूपमा भयो ।
'मेरो यो रूपान्तरण यात्राको कथा अलिक रोचक नै छ,' राजधानीको इन्द्रेनी कम्प्लेक्समा तेस्रोलिंगी मोडल अञ्जली पत्रकारमाझ
आफ्नो कथा सुनाउँदै थिइन्, 'मैले आफू को हुँ भन्ने पत्ता लाउन दुई दशक कुर्नुपर्‍यो ।'
सानैदेखि केटीको व्यवहार देखाउने नवीनको क्याम्पस जीवनको एकाध वर्ष पनि अँध्यारोमै बित्यो । जब उनले फरक लिंगीय व्यवहार गर्नेहरूको पनि संस्था छ भन्ने थाहा पाइन्, त्यसपछि उनी आफैं ब्लु डाइमन्ड सोसाइटीको अफिस खोज्दै हिँडिन् । उनले त्यो अफिस र त्यसले गर्ने अभियान मात्रै पत्ता लाइनन् । 'सबभन्दा ठूलो कुरा त म को हुँ भन्ने प्रश्नको उत्तर मैले त्यहाँ पुगेपछि पाएँ,' २८ वषर्ीया मोडलले भनिन्, 'त्यसपछि मैले आफ्नो नाम बदलें ।'
नाम बदल्नु मात्रै उनको सम्प्ाूर्ण पहिचानको प्राप्ति थिएन । त्यसपछि जब उनी अञ्जलीको पहिचानमा घर पुगिन्, चार दाजुभाइमध्ये तीन जना पूरै विरोधमा उभिए । आमा बितिसकेकी थिइन्, बुबा र काकाहरू पनि एकदमै रिसाए । तिनको सोचाइ अझै परिवर्तन भएको छैन । एक जना दाइले चाहिँ कहिलेकाहीँ फोनबाट सोध्छन् रे, 'सहरमा के छ तेरो हालखबर ? कसरी बसेकी छेस् ?'
यसबीच अञ्जलीले भने आफ्नो नाम मात्रै बदलिनन्, अञ्जलीकै नामबाट उनी तेस्रोलिंगी मोडलका रूपमा स्थापित भइन्, सहरका स्टेजहरूमा तेस्रोलिंगीको पहिचानसहित क्याटवाक गरिन् ।
उनैका संघर्षपूर्ण भोगाइ समेटेर मोहन राईले डकुमेन्ट्री फिल्म निर्माण/निर्देशन गरेका छन् । इन्द्रेनीमा बुधबार 'अञ्जली ः एउटा पृथक् यात्रा' को प्रोमो सार्वजनिक भयो । फिल्मसम्बन्धी किताब 'जस्ट अ पोजिसन' को सम्पादन तथा 'सखी', 'कचहरी क्याम्प' सहित कैयौँ डकुमेन्ट्री फिल्मको निर्माण/निर्देशनसमेत गरेका राईले यसपटक अञ्जलीलाई क्यामेरामा कैद गरेका हुन् । 'तेस्रोलिंगीबारे पत्रपत्रिकामा आएको देखेपछि म यो विषयप्रति आकषिर्त भएको थिएँ,' ५० मिनेट लामो उक्त डकुमेन्ट्रीबारे उनले भने, 'त्यसपछि तेस्रोलिंगीहरूको संसार कस्तो हुँदो रहेछ भन्ने प्रश्नले मलाई घचघच्याइरह्यो । यो डकुमेन्ट्री त्यही प्रश्नको जवाफको रूपमा तयार भएको हो ।'
अञ्जलीमार्फत तेस्रोलिंगी समुदायको वैयक्तिक र सामाजिक सम्बन्धका आयामहरू खोतल्ने प्रयास गरिएको डकुमेन्ट्री उनले स्वतन्त्र रूपमा निर्माण गरेको दाबी गरे । 'यो कुनै वकालत या एकल पक्षपातीय डकुमेन्ट्री हैन,' उनले भने, 'मैले आफूले जे देखें, त्यही क्यामेरामा कैद भएको छ ।' तीन वर्ष लाएर तयार पारिएको डकुमेन्ट्रीमा उनले पक्ष र विपक्ष सबै सन्दर्भहरू समेटिएको बताए । यसअघि उनैले बनाएको डकुमेन्ट्री 'सखी' काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा स्त्रिmनिङ हुनुका साथै टोरेन्टो नेपाली फिल्म फेस्टिभलमा छानिएर अनरियम समेत
पाएको थियो ।
अञ्जलीले पनि डकुमेन्ट्री स्वतन्त्र रूपमा निर्माण भएको दाबी गरिन् । यही सेप्टेम्बर १८ मा राजधानीको कुमारी हलमा इन्टरनेसनल पि्रमियर हुन लागिरहेको यो डकुमेन्ट्री
आफ्नो जीवनको कथा भए पनि अहिलेको जीवन 'खासै सहज नभएको' अञ्जलीको भनाइ थियो । 'मोडलिङमा करिअर निर्माण गर्ने चाहना हुँदाहुँदै पनि तेस्रोलिंगी भएकै कारण त्यस्ता अवसरबाट वञ्चित हुनु परेको छ,' उनले भनिन्, 'कानुनी सम्मान पाए पनि हामीलाई बाँच्न साँच्चिकै गाह्रो छ ।'
राईले पनि क्षमताका आधारमा काम दिने संस्कारको अभावले गर्दा कतिपय तेस्रोलिंगीहरू यौन व्यवसायतिर लाग्नुपर्ने अवस्था रहेको दाबी गरे ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf