Home » » नेपालमा यस्तो बन्दैछ १७ तले पाँचतारे होटल

नेपालमा यस्तो बन्दैछ १७ तले पाँचतारे होटल

काठमाडौं, आश्विन २४ - एमआईटी ग्रुप होल्डिङसले बनाउन 

लागेको पाँचतारे लक्जरी सेराटन होटलको शनिवार शिलान्यास हुँदैछ । गैरअवासिय नेपाली संघका अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको प्रधानमन्त्री सुशील कोइरालाले यसको शिलान्यास गर्ने कार्यक्रम छ ।
राजधानी शुक्रबारभएको कार्यक्रममा कम्पनीका अध्यक्ष समेत रहेका घलेले यसमा करिब ८ अर्ब रुपैया लगानी हुने जानकारी दिए । त्यसका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को समेत लगानी खोजिने उनले वताए । 'सहयोग लिए पनि निकै कम लिने बिचार गरेका छौ,' उनले भने, 'सकेसम्म अष्ट्रेलियाकै लगानी यसमा राख्ने छौ ।' थोरै ब्याजदरमा लगानी हुनसके मात्रै आइएफसीको सहयोग लिइने उनको भनाई छ ।  
१७ तले उक्त होटल २०१८ को फेब्रुअरीबाट सन्चालन गर्ने लक्ष्य कम्पनीको छ । होटलमा सेराटनको व्यवस्थापन र नाम रहने छ । शेराटनलाई रोज्नुको कारण यसको विस्तार भारत र चीनमा व्यापक रुपमा भएको घलेले बताए । 'यी दुई मुलुक नेपाली पर्यटनका लागि महत्वपुर्ण छ,' उनले भने, 'त्यसको फाइदा लिन खोजेका हौ ।' होटल सन्चालनमा आएपछि यसबाट नाफा कमाउन १५ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ । '६० प्रतिशत अकुपेन्सीमा लगानी ब्रेक इभन (न नाफा, न घाटाको स्थिति) मा रहन्छ । नाफा कमाउन यो भन्दा बढी अकुपेन्सी हुनुपर्छ ।' मुलुकको अवस्था सुधारिँदै जाँदा आर्थिक कारोबार बढ्ने र गुणस्तरिय पर्यटक आउने आशाका साथ यो अनुमान गरिएको हो ।
होटलको नक्सा र डिजाइन पास भइसकेको छ । यसमा २ तला पार्किङ, बेसमेन्ट, लबी सहित १३ वटा तलामा गेष्टरुम हुने कम्पनीले जनाएको छ । 'यो नेपालको पर्यटन क्षेत्रमा आएको ठुलो प्रत्यक्ष बैदेशिक लगानी भएकाले यसको दुरगामी प्रभाव रहनेछ,' प्रेस विज्ञप्तीमा कम्पनीले जनाएको छ । यो होटलको मुख्य आर्कषणका रुपमा एक हजार सिट क्षमताको सभाकक्ष हुने घलेले बताए ।
होटल निर्माणका लागि आधुनिक पोष्ट टेन्सन्ड कंक्रिट' विधिबाट बनाइन लागेको कम्पनीका अपरेशन म्यानेजर शेरेस चित्रकारले बताए । 'निर्माणका क्रममै होटलले ५० हजारलाई प्रत्यक्ष रोजगारी दिनेछ,' विज्ञप्तीमा छ ।लागेको पाँचतारे लक्जरी सेराटन होटलको शनिवार शिलान्यास हुँदैछ । गैरअवासिय नेपाली संघका अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको प्रधानमन्त्री सुशील कोइरालाले यसको शिलान्यास गर्ने कार्यक्रम छ ।
राजधानी शुक्रबारभएको कार्यक्रममा कम्पनीका अध्यक्ष समेत रहेका घलेले यसमा करिब ८ अर्ब रुपैया लगानी हुने जानकारी दिए । त्यसका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को समेत लगानी खोजिने उनले वताए । 'सहयोग लिए पनि निकै कम लिने बिचार गरेका छौ,' उनले भने, 'सकेसम्म अष्ट्रेलियाकै लगानी यसमा राख्ने छौ ।' थोरै ब्याजदरमा लगानी हुनसके मात्रै आइएफसीको सहयोग लिइने उनको भनाई छ ।  
१७ तले उक्त होटल २०१८ को फेब्रुअरीबाट सन्चालन गर्ने लक्ष्य कम्पनीको छ । होटलमा सेराटनको व्यवस्थापन र नाम रहने छ । शेराटनलाई रोज्नुको कारण यसको विस्तार भारत र चीनमा व्यापक रुपमा भएको घलेले बताए । 'यी दुई मुलुक नेपाली पर्यटनका लागि महत्वपुर्ण छ,' उनले भने, 'त्यसको फाइदा लिन खोजेका हौ ।' होटल सन्चालनमा आएपछि यसबाट नाफा कमाउन १५ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ । '६० प्रतिशत अकुपेन्सीमा लगानी ब्रेक इभन (न नाफा, न घाटाको स्थिति) मा रहन्छ । नाफा कमाउन यो भन्दा बढी अकुपेन्सी हुनुपर्छ ।' मुलुकको अवस्था सुधारिँदै जाँदा आर्थिक कारोबार बढ्ने र गुणस्तरिय पर्यटक आउने आशाका साथ यो अनुमान गरिएको हो ।
होटलको नक्सा र डिजाइन पास भइसकेको छ । यसमा २ तला पार्किङ, बेसमेन्ट, लबी सहित १३ वटा तलामा गेष्टरुम हुने कम्पनीले जनाएको छ । 'यो नेपालको पर्यटन क्षेत्रमा आएको ठुलो प्रत्यक्ष बैदेशिक लगानी भएकाले यसको दुरगामी प्रभाव रहनेछ,' प्रेस विज्ञप्तीमा कम्पनीले जनाएको छ । यो होटलको मुख्य आर्कषणका रुपमा एक हजार सिट क्षमताको सभाकक्ष हुने घलेले बताए ।

होटल निर्माणका लागि आधुनिक पोष्ट टेन्सन्ड कंक्रिट' विधिबाट बनाइन लागेको कम्पनीका अपरेशन म्यानेजर शेरेस चित्रकारले बताए । 'निर्माणका क्रममै होटलले ५० हजारलाई प्रत्यक्ष रोजगारी दिनेछ,' विज्ञप्तीमा छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf