काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको एक मात्र पदक विजेता विमला तमाङ स्वदेश फर्किएकी छिन् ।
आइतवार राति स्वदेश फर्किएकी तमाङले इन्चोन एसियाडमा करातेबाट नेपालका लागि एकमात्र कास्य पदक दिलाएकी थिइन ।
बिमालले १७ औँ एसियाडमा नेपाललाई पदक बिहिन हुनबाट जोगाएकी थिइन् । स्वादेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चारकर्मीहरुसंग कुरा गर्दै तमाङले आफूले देशलाई विश्व सामु चिनाउन सकेमा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिइन् ।
बिमलाले १६ वर्ष पछि एसियालि खेलकुदमा कराँते विधामा पदक दिलाएकी हुन् । नेपाललाई एक मात्र पदक दिलाएर फर्किएपनि उनलाई स्वागत गर्नका लागि विमानस्थलमा भने कोही गएका थिएनन् ।