घाइतेमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको धनगढीका विभिन्न

दुर्घटनामा मृत्यु हुनेहरुमा डोटी सरस्वतीनगरका दानबहादुर साउद, सकुन्तला मल्ल, हरि कठायत, टेकराज भट्ट, पशुपति भट्ट, राजेन्द्र शाही, रोहित बोहरा, रेवन्त दिपु कठायत, पद्मा जोशी, भागरथी ओझा, कृष्णराज भण्डारी, हरिना ओझा, भुमिराज भण्डारी, जानकी भट्ट, चक्रबहादुर विक, शान्ति मल्ल र बसन्ती ओझा रहेका छन् ।
त्यस्तै, लक्ष्मीनगरका टेकेन्द्र गिरी, इन्द्रा गिरी र शान्ति देवी कप्ड्याल छन् । त्यस्तै, डडेल्धुरा ४ का लक्ष्मण ठकुराठी र सन्धा ठकुराठी छन् ।
मृत्यु हुनेमा कैलाली धुवा ४ का भागरथी बडुवाल र जिनिशा बडुबाल छन् । डोटी बछन–१ का लक्ष्मी कलेल र डडेल्धुरा आलितालका दीपिसा बोहरा छन् ।
त्यस्तै, कैलालीको तेघरीमा कार्यरत नेपाली सेनाका जवान नवराज भट्ट र कैलालीको उदासीपुरका मुकेश सार्कीको उपचारको क्रममा अत्तरियास्थित सेवा नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु चढाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयबासिन्दाले जनाएका छन् ।
दुर्घटनामा बस चालक र मालिक दुबै घाइते भएका छन् ।