शाहरुख खानले काठमाडौं ल्याएको निजी विमान (फाइल तस्बिर)
करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुनः मुम्बई फर्कने कार्यक्रम छ। विमानस्थलबाट उनी सिधै होटल हायतमा जाने छन्। केहीबेरको विश्रामपछि उनी न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनेछन्। पत्रकार सम्मेलनमा नेपाली कलाकार प्रियंका कार्कीलगायतका सहभागी हुने छन्। सम्मेलनपछि आयोजना हुने विशेष कार्यक्रममा शाहरुख सामुन्ने नायिका प्रियंकाले नृत्य गर्ने कार्यक्रम छ।
शाहरुखले अभिनय गरेका 'ह्याप्पी न्यु ईयर'को 'लभ्ली', डनको 'आजकी रात', 'चेन्नई एक्सप्रेस'को 'लुंगी डान्स', 'शक्ति'को 'इस्क कमिना' र बिल्लु बार्बर'को 'मर्जानी मर्जानी' बोलको गीतमा प्रियंकाले डान्स गर्ने आयोजकले जाकारी दिएको छ। प्रियंकालाई अन्य एक दर्जन कलाकारले साथ दिनेछन्।