Home » » सौय उर्जाबाट चल्ने विमानको उडान सुरु

सौय उर्जाबाट चल्ने विमानको उडान सुरु

फाल्गुन २५ । सौय उर्जाबाट चल्ने विमानले संयुक्त अरब इमाइरेट्को अबुधावीबाट विश्व यात्राको रेकर्ड राख्ने उद्देश्यले उडान सुरु गरेको छ । ‘सोलार इम्पल्स–२’ नाम दिइएको सो विमान ओमानको पूर्वी मस्कटतर्फ लागेको बीबीसीले जनाएको छ ।
आगामी ५ महिनाभित्र एउटा महादेशबाट अर्को महादेश पार गर्ने यस विमानले प्रशान्तर हिन्द महासागरको यात्रासमेत गर्ने बताइएको छ ।


अबुधाबीबाट यात्र सुरु गरको सौर्य विमान म्यानमार, हवाई, चीन न्यूयोर्कबाट उड्दै फेरि अबुधाबी नै फर्कने छ । यो एक सिटे विमानको नियन्त्रण एन्ड्री बोर्चस्बर्गले गरेका छन् भने उनलाई स्वीस बट्रान्डल पिकार्डले सघाएका छन् । उनीहरुले विमानलाई १२ चरणमा उडाउने छन् ।
यसक्रममा सौर्य उर्जाबाहेक अरु कुनै इन्धनको प्रयोग गरिने छैन । विमान विश्वको विभिन्न भागमा मर्मतका लागि रोकिँदै अगाडि बढ्ने छ । २ दशमलब ३ टन तौल भएको विमानको पखेंटाको लम्बाई ७२ मिटर रहेको छ । जुन ‘७४७ जम्बो’ विमानको भन्दा लामो हो ।
पंखाको तौल एउटा कारको जति रहेको छ । विमानको पंखामा सोलार प्यानल जडान गरिएको छ । रातको समयमा विमानले समुद्र पार गर्दा थप चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । यसमा प्रयोग हुने व्याट्री सूर्यको किरणबाट चार्ज हुनेछ ।
वातावरण दूषित गर्ने पूरानो प्रविधिको स्थानमा नयाँ प्रविधि सुरु गर्ने उद्देश्यबाट सौर्य विमान निर्माण गरिएको बताइएको छ । (एजेन्सी) 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf