लम्जुङ्, चैत्र १ । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी र वैद्य नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुबीच आज भएको वार्तामा वार्ता समितिसमेत बनाइएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको वार्तामा वैचारिक—राजनीतिक प्रश्नहरुमा साझानिष्कर्ष कायम गर्न वार्ता समिति गठन गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । वार्ता समितिमा एमाओवादीका तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी रहेका छन् । नेकपा–माओवादीबाट अध्यक्ष मोहन वैद्य, नेताहरु सीपी गजुरेल, रामबहादुर थापा र देव गुरुङ रहेका छन् । बैठकपछि नेताहरुले आगामी दिनमा अरु कम्युनिष्ट पक्षहरुसँग पनि एकताका लागि पहल गरिने जानकारी दिए ।
-