लमजुङ् चैत्र १ । इराकका कुर्द लडाकुहरुले उत्तरी क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले आफुहरु विरुद्ध रासायनिक हतियार प्रयोग गरेको दाबी गरेका छन् । कुर्द लडाकुहरुले आइएसले क्लोरिन ग्यास प्रयोग गरेको बलियो प्रमाण आफुहरुसँग रहेको जिकीर गरेका हुन् । गत जनवरीमा आईएसको आत्मघातीआक्रमणपछि प्रमाण जुटाउन सफल भएको उनीहरुको भनाइ छ । कुर्दहरुको यस्तो दाबीपछि विश्व समुदायले क्लोरिन ग्यासको प्रयोगका सम्बन्धमा जाँच गर्ने सम्भावना बढेको बीबीसीले जनाएको छ । क्लोरिन ग्यासको प्रयोग पहिलो पटक ंिद्वतिय विश्व युद्धमा भएको थियो । सन् १९९७ मा भएको सम्झौता अनुसार कुनै पनि युद्धमा क्लोरिन ग्यास प्रयोग नगरिने निर्णय भएको थियो ।
-