Home » » यस्तो देश, जहाँ गृहमन्त्री भन्छन– “संक्रमणकालमा बलात्कार हुनु स्वभाविक”

यस्तो देश, जहाँ गृहमन्त्री भन्छन– “संक्रमणकालमा बलात्कार हुनु स्वभाविक”

काठमाडौं, चैत १२ ।

संक्रमणकाल भए जे पनि हुन्छ त ? अझ देशका गृहमन्त्रीले नै संक्रमणकालका नाममा बलात्कारका घटना स्वभाविक भएको अभिव्यक्ति दिन्छन् भने आम जनतामा यसले कस्तो सन्देश देला ? तर यस्तै भएको छ, हाम्रै देश नेपालमा । 
सम्माननीय संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा देशभरी बढेको बालिका बलात्कारबारे छलफलका क्रममा गृहमन्त्री बलात्कार जस्तो संवेदनशील विषयमा हलुका टिप्पणी गरेका हुन । संकटकालमा अराजकताले स्थान पाउने भएपनि गृहमन्त्रीको हैसियतले उनले त्यस्तो टिप्पणी दिनुको अर्थ गलत लाग्ने कुरामा विचार नपु¥याउँदा जनतामा गलत सन्देश जान पुगेको छ । 
अन्नपूर्ण दैनिकले आज मुख्य पृष्ठमा यसबारेमा विस्तृत समाचार प्रकाशित गरेको छ । समाचारमा उल्लेख छ– बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राजनीतिक संक्रमणका बेला बलात्कारको घटना वृद्धि हुनु स्वाभाविकै भएको बताएका छन्। 

संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजक ल्याण समितिको बैठकमा देशभरि बढेको बालिका बलात्कारबारे सभासद्हरूको जिज्ञासामा उपप्रधानमन्त्री गौतमले बुधबार भने, ुराजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्छ। यद्यपि यस्ता घटना नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ।ु
पछिल्लो समयमा ग भीर बन्दै गएको बढ्दो बालबालिका बलात्कार तथा महिला हिंसाका घटनाप्रति आक्रोश र चिन्ता व्यक्त गर्न बोलाइएको बैठक उपप्रधानमन्त्री गौतमको संवेदनहीन प्रस्तुतिले हल्काफुल्का टिप्पणी र हाँसोको थलो बनेको थियो। 

गौतमको अभिव्यक्ति र शैलीप्रति कटाक्ष गर्दै सभासद् बाबुराम पोखरेलले यस वर्षमात्र एक हजार तीन संय २५ जनाको बलात्कार हुँदा पनि गृहमन्त्री गम्भीर नहुनु दुस्खलाग्दो भएको बताए। 

सभासद् पोखरेलका अनुसार गत वर्ष करिब ६ सय र त्योभन्दा अघिल्लो वर्ष चार सय बलात्कारका घटना सार्वजनिक भएका थिए। बैठकमा सहभागी अधिकांशले बलात्कारका दोषीलाई फाँसी दिनुपर्ने माग गर्दा गौतमले जबाफ दिए, ुविद्यमान संविधान र चरम राजनीतिकरणका कारण फाँसीको सजाय हुन सक्दैन।ु

बलात्कारीलाई नपुंसक बनाउन ुक्यास्ट्रोलेसन विधिु प्रयोगका लागि कानुनी व्यवस्थाको माग समितिका सभापति रन्जु झाले गरेकी थिइन्। क्यास्ट्रोलेसन यौनक्षमता खत्तम पार्ने इन्जेक्सन हो। 

झाले भनिन्, ुयो विधि अमेरिकाका १० राज्य र युरोपका केही देशमा लागू भएको हुँदा भारतले पनि यसबारे छलफल गरिरहेको छ। १२ वर्षमुनिका नाबालकमाथि बलात्कार गर्नेले फेरि अपराध नगरोस् भन्ने उद्देश्यले प्रयोग गर्नुपर्छ।ु

पीडित पक्षको अवस्थाबारे अस्पतालमा जानकारी लिन जाँदा चिकित्सकहरूले बलात्कारीका लागि क्यास्ट्रोलेसन विधि उपयुक्त हुने सल्लाह दिएको झाले बैठकमा जानकारी दिइन्। तत्कालै गृहमन्त्रीले तीनपटक उक्त विधिको नाम सोधी टिपेर यसबारे गृहमा परामर्श गर्ने जानकारी दिए।

सभासद् गणेशमान गुरुङले विकसित सूचना र प्रविधिका कारण पनि बलात्कार र हिंसाजस्ता जघन्य अपराध बढेको जानकारी दिए। २० वर्षमाथिका महिलालाई बलात्कार गर्नेलाई पाँच वर्षमात्र जेल सजाय रहेकाले एउटै अपराधीले पटकपटक अपराध गर्ने उनले बताए।

सभासद् रुक्मणी चौधरीले कतिपय बलात्कार महिलाहरूको हाउभाउले पनि हुने बताइन्। ‘बिहानको शृंगार स्वास्थ्य राम्रो पार्न, दिउँसो अन्य पक्षलाई आकर्षित गर्न र साँझ पतिलाई आकर्षण गराउन।’ उनको भनाइले बैठकमा करिब पाँच मिनेट हाँसोको पर्रा छुट्यो।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf