Home » » मोदी सरकारले यसरी खाली गरायो भारतीय दुतावास,भारतीय दुतावासबाट को–को परे सरुवामा ?

मोदी सरकारले यसरी खाली गरायो भारतीय दुतावास,भारतीय दुतावासबाट को–को परे सरुवामा ?


  • काठमाडौ बैशाख ८ – नेपालको मामिलामा सरकारको नीति भन्दा बाहिर गएर आन्तरिक हस्तक्षेप गरेको र कुटनितिक मर्यादालाई पटक पटक उल्लंघन गरेको भन्दै नेपालका ‘रअ’ प्रमुख प्रभात सिंहलगायत थुप्रै  कर्मचारीलाई भारतीय सरकारले फिर्ता बोलाएको छ । दूतावासका उप प्रमुखदेखि लिएर रअका प्रमुखसम्मलाई भारतीय विदेश मन्त्रालयले सरूवा पत्र पठाएको भारतीय दुतावास स्रोतले जनाएको छ । यसरी एकैपटक यत्रो कर्मचारीलाई सरुवा गर्नु नेपालका लागि भारतीय दूतावासका लागि पहिलो घटना भएको दूतावासका कर्मचारीहरु बताउँछन् । स्रोतका अनुसार दुतावासबाट धेरै समययता कर्मचारीहरु सरुवा भएका थिएनन् । एक दुईजनाको आउने जाने क्रम चलि रहेपनि यो संख्यामा कहिल्यै पनि सरुवा नभएको स्रोत बताउँछ । स्रोत भन्छ–यसरी सरुवा गर्नुको एउटै कारण दूतावासमा अधिकांश कर्मचारी भारतीय कांग्रेस निकट हुनु हो । काँग्रेस निकट भएका कारण मोदी सरकारलाई खुलेर सहयोग नभइरहेको गुनासो बढ्न थालेपछि यसरी सरुवाको पत्र पठाइएको हो । भारतीय काँंग्रेस नेतृत्व सरकारको पालामा नेपाल आएका प्रभात सिंह भारतीय काँग्रेसका महासचिव दिग्विजय सिंहका नातेदार हुन् । सिहलाई रअ को सेवाबाट हटाएर भारतीय पुलिस सेवामा पठाइएको छ । नेपालबाट उनी राजस्थानका एडिशनल डीजीपी बनेर जाँदै छन् । नेपालमा कंसुलर बनेर आएका पियुष श्रीवास्तव एक सालपछि नै बढुवा भएर दूतावासका डीसीएम बनेका थिए । राजनीतिक दलहरू बीच राम्रो छवि बनाएका श्रीवास्तवलाई पनि दिल्लीको विदेश मन्त्रालयमा सरुवा गरिएको छ । सरुवा पत्र आएपछि पियुषले आफूले नै सरुवाको लागि माग गरे अनुसार सरुवा पत्र आएको आफ्ना निकटलाई भन्दै आएका छन् तर नेपालको राजनीतिक विभाग हेर्ने उनले राम्रो परिणाम दिन नसकेका कारण मोदी सरकारले फिर्ता बोलाएको स्रोतको दावी छ । नेपालको राजनीतिक अवस्थामा भारत सरकारले सोचे जस्तो काम गर्न नसकेको र कुनै पनि ठूलो काम गर्ने आँट लिन असफल भएकोले गर्दा उनलाई भारतीय विदेश मन्त्रालयमा बोलाएको हो । प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण गराउन असफल भएको दोष पनि प्रभात सिंह र दूतावासका डिसीएम पियुष श्रीवास्तवलाई नै लगाइएको छ । दूतावासबाट फिर्ता बोलाईएका तेस्रो अधिकारी हुन् प्रथम सचिव अभय कुमार सिह । प्रेस, सूचना तथा संस्कृति विभागको जिम्मेवारी पाएका अभय कुमारको कार्यकाललाई सबै भन्दा असफल बताईएको छ । प्रेससँग कुनै सरोकार नराख्ने, पत्रकारहरूको फोन पनि नउठाउने, सूचनामा सहज पहुँच नभएका अभय कुमार जहिले पनि दूतावासमा आलोचित भएका व्यक्ति हुन् । भारत नेपाल लाईब्रेरीमा केही सीमित मान्छेहरू बोलाई कहिले कविता वाचन गर्न लाउने, कहिले कथा सुनाउने, कहिले फिल्म देखाउनेमै उनको अहिलेसम्मको कार्यकाल सीमित रह्यो । दूतावासको प्रेस र सूचना विभागलाई पूर्ण रूपमा निष्क्रिय बनाई संस्कृति विभागको नाममा कोठे कार्यक्रम गर्ने अभय कुमार नेपाली चलचित्रकर्मीहरू संगै रमाउने, फोटो खिचाउंदै र फेसबुकमा सार्वजनिक गर्नु नै उनको दिनचर्या बनेको थियो । अहिले भारतीय विदेश मन्त्रालयले अभय कुमारको सरूवासँगै उनको एक तह घटुवा पनि गरिएको छ । दूतावासमा प्रथम सचिव स्तरका अधिकारी रहेका अभय कुमारको लण्डनस्थित कल्चरल सेंन्टरमा सरूवा गरिएको छ । दूतावासभन्दा बाहिर रहेका यो कल्चर सेंटर दूतावासको एउटा सानो अंग मात्रै हो । मोदी सरकारले अब नेपाल नीति नै बदलिने भएको छ । भारतले नेपालमा लगानी गर्ने नीति पनि बदलेको हुंदा दूतावासको आर्थिक विभागमा पनि फेरबदल गरेको छ । अहिले दूतावासमा आथिर्क विभाग हेर्ने प्रथम सचिव पंकज कुमार सिंहलाई पनि फिर्ता बोलाइएको छ भने नेपाल भारत आर्थिक सहयोगका प्रमुख आशीष सिन्हालाई पनि फिर्ता बोलाउने तयारी भइरहेको छ । नेपालस्थित भारतीय दूतावास मात्रै होईन दिल्लीस्थित विदेश मन्त्रालयमा नेपाल डेस्कका अधिकारीहरूलाई पनि सरूवा गर्ने तयारी भई रहेको दुतावास स्रोतले जनाएको छ । नेपाल डेस्क हेर्ने डाईरेक्टर स्तरका अधिकारीलाई हटाईएको छ भने, डेस्कका प्रमुख अभय ठाकुरको पनि चांडैनै सरूवा गर्ने तयारी भइरहेको छ । दुई महिनाभित्रै भारतीय राजदूत रंजीत रे को पनि सरूवा हुँदैछ किनभने उनको कार्यकाल जुलाईमा सकिंदैछ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf