Home » » चाबहिलमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

चाबहिलमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु


६ वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलमा आइतबार विहान मिनि ट्रकको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।बा १ ख ९११२ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा ओखलढुंगा घर भइ हाल कपन सरस्वतीनगर बस्दै आएकी २१ वर्षीया बालकुमारी दाहालको मृत्यु भएको हो । पैदलयात्री दाहाललाई गोपीकृष्ण हल अगाडि ट्रकले ठक्कर दिएको थियो ।

उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पशुपति क्याम्पस चाबहिलकी छात्रा हुन् । क्याम्पस पढेर फर्किँदै गर्दा विहान सवा ९ बजे उनलाई ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केहीबेर अबरुद्ध भएको चाबहिल सडकखण्ड अहिले सुचारु भैसकेको छ ।
यसैबीच काठमाडौंको टोखा र कलंकी खसीबजारमा भएका २ छुट्टा छुट्टै सवारी दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको थियो । टोखास्थित जल विनायक तरकारी बजार गेट अगाडि शनिबार साँझ साढे ६ बजे बा ३ ख ४९२१ नम्बरको टि्रपर र बा ६५ प ७७४९ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं फुटुङ बस्ने ३१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो ।
त्यस्तै कलंकीस्थित खसीबजारमा शनिबार बेलुकी साढे ७ बजे ना ४ ख ७०७७ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री ललितपुर पाटनका ३५ वर्षीय कृष्णप्रसाद गौतमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf