Home » » गोरखाको बारपाकका १ सय २० जनाको २४ घण्टा पछि उद्धार शुरु

गोरखाको बारपाकका १ सय २० जनाको २४ घण्टा पछि उद्धार शुरु

गोरखाको बारपाकका १ सय २० जनाको उद्धार

भुकम्पको केन्द्र विन्दु गोरखाको बारपाकका पीडितलाई २४ घण्टा पछि उद्धार शुरु गरिएको छ। आइतबार मध्यान्हदेखि नेपाली सेनाको हेलिकोप्टरले बारपाक, गुम्बु, जौबारी र खरिबोट गाविसका घाइतेहरुलाई पोखराका विभिन्न हस्पिटलहरुमा ल्याएर उपचार शुरु गरिएको छ। दिउँसोसम्म ३ खेपमा झण्डै एक सय जनालाई उद्धार गरेर पोखरा ल्याइएको जानकारी नेपाली सेनाका अधिकारीले दिएका छन्। सेनाले आइतबार करिब १ सय २० जनाको उद्धार गरेको छ।
अधिकांश घाइतेहरुको टाउको, हातखुट्टामा चोट लागेको छ । धेरैजसो घाइतेहरु बुढाबुढी, महिला र केटाकेटी छन् । दिदीको उपचारका लागि पोखरा आएका रणवीर गुरुङले बारपाकका १२ सय घर भत्किएको जानकारी दिए। भूकम्प गएको दिन शनिबार पानीसमेत परेको र हिँडेर वा गाडीमा जान असम्भव भएकाले आइतबार मात्रै उद्धार सम्भव भएको हो।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf