Home » » ठूलो क्षतिबाट बच्यो पोखराः पोखरामा ३० प्रतिशत घर मात्रै भूकम्प प्रतिरोधात्मक पोखराको भौतिक संरचना उच्च जोखिममा

ठूलो क्षतिबाट बच्यो पोखराः पोखरामा ३० प्रतिशत घर मात्रै भूकम्प प्रतिरोधात्मक पोखराको भौतिक संरचना उच्च जोखिममा

पोखरा, वैशाख १४ – भौगोलिक दृष्टिकोणबाट हेर्दा पोखरा उच्च जोखिमको क्षेत्र मानिन्छ । पोखराको भौतिक संरचनालाई सेती नदीको गहिरो गल्छी र फेवा ताल, बेगनासताल, रुपाताल, डेभिस फल्स फल, महेन्द्र गुफा, चमेरी गुफा जस्ता संरचनाले पोखरा खोक्रो छ । भित्र भित्रै पोखरा सखाप हुँदैछ । पोखरामा करिब ३० प्रतिशत घर मात्र भूकम्प प्रतिरोधात्मक रहेको छन् । बाँकी ७० प्रतिशत घर भूकम्पको जोखिममा रहेको बताईएको छ । तर, शनिबार ७ दशमलब ६ रेक्टर भूकम्प आउँदा केही भएन । यसलाई भूगर्भविद् निकै भाग्यमानी बताउँछन् ।

भूगोल विद् कृष्ण केसीका अनुसार नेपालमा काठमाठौँपछि पोखरा भूकम्पको उच्च जोखिममा रहेको ठाउँ हो । पोखरामा बनाएका घरहरु भूकम्पको उच्च जोखिममा रहेका छन् । यस पटकको भूकम्पबाट पोखरा बचेपनि ढुक्क हुने अवस्था छैन । भूकम्प आएपछि पोखरामा ठूलो नोक्सान हुने अवस्था थियो तर त्यसो भएन ठूलो क्षतिबाट बच्न सफल भएको छ ।
पोखरामा भूकम्पको उच्च जोखिममा रहेको समचार बाहिर आइरहेका बेला पोखरामा पनि ठूलो क्षति हुन्छ जस्तो आफूलाई लागेको पोखरा रामबजारका राम बहादुर थापा बताउँछन् । भूकम्पबाट बच्नका लागि प्रतिरोधात्मक घर निर्माणमा जोड दिनुपर्ने उनको सुझाव छ । भूकम्पको धक्का महशुस गर्दा मलाई पनि बहुत डर लागेका थियो थापाले भने । हामी क्षतिबाट त बचेका छौँ तर सुरक्षित भने छैनौँ ।
भूकम्प प्रतिरोधात्मक घर बनाउँदा लागत ८ देखि १० प्रतिशत बढ्ने भएकोले पनि बढि खर्च लाग्ने डरले प्राविधिकहरुको सल्लाह बिना घर बनाउँदा जोखिम पोखरामा झनै बढ्ने अनुमान छ ।
प्राविधिकको सल्लाह बिना नै घर बनाउँनु, घर निर्माणको क्रममा प्रयोग हुने सामग्री गुणस्तरियतमा ध्यान नदिनु, बिना डिजाईन घर बनाउँदा क्षतिको जोखिम बढेको नगरपालिकाका ईन्जिनियरहरु बताउँछन् ।
पोखरामा जनसंख्याबृद्धिसँगै घरहरु थपिने संख्या बढिरहेको छ । पोखरा उपमहानगरपालिकाको तथ्याङ्गमा पोखरामा पछिल्लो दशक वर्षेनी ३ हजारदेखि ४ हजारको हराहारीमा घर थपिदैँ छन् भने पोखरामा अहिले ६१ हजार घर बनेको तथ्याङ्ग छ । नगरपालिकाको काम मापदण्ड बनाउँनुमात्र होईन, त्यसको कार्यान्वयन पनि गर्नु हो । अहिले कुनै स्वार्थका कारण खाँखा चिम्लेर बसिदिदा भोलि व्यापक जनधानको क्षति हुन सक्छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf