काठमाडौं । राजधानीमा सर्बाधिक चर्चामा रहने ‘ए’ ग्रेडका कुख्यात पाँच जना डनहरुमाथि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरी मुद्धा चलाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गर्यो । राजनीतिक आँडमा ठेक्कापट्टाको काम गर्दै आएका बाँकी आधा दर्जन ‘ए’ ग्रेडका डनहरुलाई भने ब्यूरोले अनुसन्धान नै गरेन । तर, दोस्रो दर्जा अर्थात ‘बी ग्रेड’ का दर्जनौं गुण्डाहरुमाथि अनुसन्धान गर्ने तथा मुद्दा चलाउने आँट किन ब्यूरोले गर्न सकेन ? यतिखेर चौतर्फी प्रश्न उठ्न थालेको छ ।
स्रोत भन्छ–‘बी ग्रेडमा करिब दुई दर्जन भन्दा बढी गुण्डाहरुको नाम चर्चामा आउने गरेको छ । उनीहरुले राजधानीमा कुनै न कुनै माध्यामबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा डनगिरी गर्दै आएका छन् ।’ तर उनीहरुमाथि अहिलेसम्म अनुसन्धान त परैजाओस, कुनै पनि गतिलो मुद्दा प्रहरीले चलाउन सकेको छैन । अनुसन्धान र प्रमाणविना पक्राउ तथा फितलो अनुसन्धानका कारण अदालतबाट उन्मुक्ति हुने भएपछि प्रहरी नै पटकपटक विवादमा पर्दै आएको छ । गुण्डाहरु पक्राउ पर्ने वित्तिकै छुट्ने गरेका कारण उनीहरुकै मनोबल उच्च हुने गरेको छ भने प्रहरी पटकपटक आलोचित ।
दोस्रो दर्जामा पर्ने गुण्डाहरुमा सामाखुसीका कुमार श्रेष्ठ उर्फ ‘घैटे’, काभ्रेली समूहका विष्णु लामा, दावा लामा, साजन महर्जन, संजय डंगोल, मनराज गुरुङ, तेजेन्द्र गुरुङ, रमेश बाहुन उर्फ सुजन पौडेल, अभिषेक गिरी, समिरमान बस्नेत, रोज राणा, विश्वक्रान्ति, जसमन गुरुङलगायत दुई दर्जन भन्दा छन् । त्यसमध्ये काभ्रेली समूहका फाईटर मानिने दावा लामा लागूऔषधसहित पक्राउ परेर जेलको हावा खाइरहेका छन् । एकताका डन मिलन चक्रे निकट मानिने मनराज पनि रानीबारी हत्या काण्डका अभियुक्त भन्दै प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि उनी पनि थुनामा छन् । तेजेन्द्रलाई प्रहरीले पक्राउ गरेको छैन भने अर्का डन दिनेश अधिकारी उर्फ चरीको प्रहरी कारबाहीमा मृत्यु भइसकेको छ । केही समय पहिले नक्सालका गुण्डा संजय डंगोललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेता पनि राजनीतिक दबाबका कारण चार दिनमै उनी छुटे । उनीहरु सबैसँग यतिखेर करोडौं सम्पत्ति रहेको छ । उनीहरु सबैको आम्दानीको सुरुवाती स्रोत गुण्डागर्दी, हप्ताअसुली, लुटपाट र ठेक्कापट्टाको कमिशन नै हो ।
तर, आपराधिक पृष्टभूमिबाट करोडपति बनेका ‘बी ग्रेड’ का यि गुण्डाहरुमाथि ब्यूरोको आँखा किन पुग्न सकिरहेको छैन ? प्रश्न उब्जिएको छ । त्यसो त ‘ए’ ग्रेडका गुण्डा काजी शेर्पा, राजु गोर्खालीलगायतलाई समेत नेपाल प्रहरीले बचाउँदै आएको मात्र छैन, ठेक्कापट्टाको काम समेत दिँदै आएको छ । हङकङ आईडी होल्डर तेजेन्द्रले त करोडौं सम्पत्ति विदेश लगेर सुरक्षित बनिसकेका छन् । बी ग्रेडका गुण्डा घैटे र काभ्रेली समूहका छोटा गुण्डा विष्णु लामासँग २० करोड भन्दा बढी सम्पत्ति रहेको स्रोतले बतायो । आफूलाई छोटा डन भन्न रुचाउने बिष्णु लामाले आफ्नो सम्पूर्ण सम्पत्ति विभिन्न ब्यबसायमा लगानी गर्दै सेफल्याण्डिङ गरिसकेका छन् । लामाले अहिले रक्तचन्दन तस्करीबाट अकुत सम्पत्ति कमाएका विक्रम लामामार्फत घरजग्गामा लगानी गरिरहेका छन् । आपराधिक पृष्टभूमि मेटाउन लामालगायत दुई दर्जन ‘बी ग्रेड’ का गुण्डाहरु ब्यापार ब्यबसायतिर लागेका हुन । कथित छोटा डन लामाले आजभोली मिटरब्याज ब्यबसायीका राजा महेशबहादुर सिंहको पेशा अंगालेका छन् । मिटरब्याजमा लगानी गर्नु लामाको अर्को धन्दा हो । चाबहिलस्थित एक जना जग्गा धनीको ८ रोपनी जग्गामा नक्कली मोही बनेर मुद्दा हालेपछि विक्रम लामा र छोटा डन लामाले १ करोड असुल्न सफल भए । मोही हक कायम गर्नको लागि सम्पूर्ण लगानी छोटा डन लामाले गरेका थिए । उनको राजधानीमा आलिसान प्लाटहरु रहेका छन् भने उनी कहिले र्याफो, कहिले एलएक्स टोयटा त कहिले वाक्स भोगन गाडीमा सबार हुने गरेका छन् । गुण्डागर्दी र फुटपाते जीबनबाट एकाएक करोडपति बनेका छोटा डन बिष्णु लामा जस्ता दुई दर्जन गुण्डाहरुमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र ब्यूरोको आँखा पुग्न सकिरहेको छैन । कहिले पुग्ला ‘बी ग्रेड’ का गुण्डाहरुको अबैध सम्पत्तिमाथि ब्यूरोको र सम्पत्ति शुद्धीकरण विभागको आँखा ?