बझाङ,वैशाख ६ – बझाङ जिल्ला सदरमुकामबाट एक दिन टाढा पैदल दूरीमा पर्ने सुरमा गाविसको ठकुन्नाडा गाउँका तीनजना नवयुवती बाँझको रुखको एकै हाँगामा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् । मृतकहरु ९ र १० कक्षामा पढ्ने भएको प्रहरीले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकका अनुसार गाउँबाट टाढा रहेको माघमारे जंगलमा शुक्रबार बाँझको रुखको एकै हाँगोमा झुन्डिएको अवस्थामा १५ वर्षीया पवित्रा बोहोरा,१६ वर्षकी रेखा पुजारा र २१ वर्षकी जुनतारा बोहोरा फेला परेका छन् । स्थानीयले तीनैजनाको शव एउटै हाँगोमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तीनजना मध्ये जुनतारा मात्रै विवाहित थिइन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
-