Home » » महाभूकम्पपछि गोरखाको कहालीलाग्दो दृश्य, चारसय बढीको मृत्यु (भिडियोसहित)

महाभूकम्पपछि गोरखाको कहालीलाग्दो दृश्य, चारसय बढीको मृत्यु (भिडियोसहित)


लमजुङ, गोरखा, वैशाख १६ । शनिबार मध्यान्ह गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले गोरखामा ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
बुधबार बिहानसम्म ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भूकम्पको केन्द्रविन्दू रहेको बारपाकमा ६९ जनाको ज्यान गएको छ ।
सिम्जुङमा ७१, गुम्दामा ५१, लापुमा २६, लाप्राकमा
१९, हंसपुर,  खरिबोट र मुच्चोकमा  ५–५ जनाको ज्यान गएको छ  । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उद्घारका लागि ६ ओटा हेलिकप्टर परिचालन गरिएको छ ।

नेपाली सेना, मनाङ एअर, सिम्रिक एअर, श्रीएअर, भारतीय वायुसेवा निगमलगायतका हेलिकोप्टरले भूकम्पबाट घाइते भएकाहरुलाई उद्धार गरी पोखरासम्म पुर्‍याउने काम गरिरहेको छ ।
जिल्लाको बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजाँ लापु, उहिया, सिर्दिवास गाविस बढी प्रभावित भएका छन् । केरौंजा, काशीगाउँलगायत गाविसमा तीन सय जनाभन्दा बढी स्थानीयबासी अझै हराइरहेका छन् । बस्तीमाथि रहेको डाँडा भाँसिएपछि स्थानीयबासी सम्पर्कविहीन भएका हुन् ।
मनास्लु पदमार्गमा गएका पर्यटकहरु पनि सम्पर्कविहीन भएका जिल्ला दैविक प्रकोप उद्घार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए ।
लापु गाविसको भीरमा ६ जना विदेशी पर्यटकसहित २१ जनाको शव भेटिएको छ । छोप्राक, खोप्लाङ्ग, हर्मी, आँपपीपल, मीरकोट, धुवाँकोट, देउराली, लगायतका गाउँहरुमा राहत सामग्री बितरणमा ढिलाइ भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् ।
सदरमुकाममा रहेका उत्तरी गाविसका बासिन्दाका अनुसार अझै सयौँ घाइतेहरु दुर्गमका विभिन्न गाविसमा छट्पटाइरहेका छन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf