Home » » भुकम्बले गर्दा नेपालमा बैंकिङ सेवा ठप्प

भुकम्बले गर्दा नेपालमा बैंकिङ सेवा ठप्प

काठमाडौं, वैशाख १४– शनिबार र आइतबार दगातार गएको विनाशकारी भूकम्पका कारण देशभरका बैंक तथा वित्तिय संस्थाका सम्पूर्ण सेवा ठप्प भएका छन् । शनिबार मध्याह्नमा (११ः५६) बजे भुइँचालोपछि ठप्प भएको सेवा आइतबारसम्म पनि संचालनमा आएको छैन् । बैंक तथा वित्तिय संस्था बन्द हुनुका साथै एटिएम सेवा पनि ठप्प हुँदा आमनागरिकहरु मर्कामा परेका छन् । भूकम्पका कारण काठमाडौं उपत्यकालगायत मुलुकभर ठूलो क्षति बेहोरेका नागरिकहरुलाई बैंकिङ सेवा पनि ठप्प हुँदा झनै समस्या परेको छ । बिरामी भएर औषधी उपचार गर्न अस्पताल पुगेका मानिस र घरबाहिर बसेका नागरिकहरु ठूलो समस्यामा परेका छन् । भूकम्पका कारण आएको विषम परिस्थितिको मूल्याकंन गरी सेवा संचालन गर्न चाहेपनि विविध कारणले सम्भव नभएको बैंकहरु बताउँछन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf