Home » » पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको समस्या कसले सुन्ने ?

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको समस्या कसले सुन्ने ?

 डा. अरुण कुमार सिंह ।
 ५ वैशाख, लाहोर । सार्क सदस्य राष्ट्र पाकिस्तानमा पनि यस्तै नेपालीहरु अध्ययनको लागि बस्ने गरेका छन । पाकिस्तानमा अध्ययनरत  विद्यार्थीहरु मध्ये एमबिबिएस, बिडिएस, एम.डी., एम.एस., इन्जिनियरिड्ड, बि फार्मेसी, मास कम्युनिकेसनलगायतका विषयहरूमा पाकिस्तान पढ्न जाने नेपाली विद्यार्थीहरूको संख्या करिब ३०० जति छ । नेपाली विद्यार्थीलाई पाकिस्तानी दुताबासले विद्यार्थी प्रवेशाज्ञा दिदा नि:शुल्क दिने गरेको को छ तर एक पटक एक चोटी मात्र ओहोदोहोर गर्ने प्रवेशाज्ञा दिने गर्छ  । आज भोलि हरेक नेपाली विद्यार्थीलाई इस्लाम्बाद स्थित पाकिस्तानको मन्त्रालयबाट कागजात ल्याउनु पर्ने भएकोले मर्कामा परका छन । धेरै जसो नेपाली विद्यार्थीको अन्तिम परीक्षा बाँकी रहँदा नेपालस्थित पाकिस्तानी दुतावासले विद्यार्थी भिसा नदिने गरेको पाइएको छ । नेपाली विद्यार्थीलाई विद्यार्थी प्रवेशाज्ञाको साटो पर्यटकीय भिसा दिने र शुल्क पनि ३,५००।– जति लिने गरेको विद्यार्थी बताउँछन् । नि:शुल्क भिसालाई रकम तिनुपर्दा नेपाली विद्यार्थीलाई आर्थिक संकटमा परेका छन । नेपाली विद्यार्थीले एक पटकमा मात्र एक भिसा पाउँछन्, जसले गर्दा विद्यार्थीलाई ओहोरदोहोर गर्न कठिन छ । यसमा मल्टिपल भिसाको व्यवस्था भएको खण्डमा विद्यार्थीहरुको आवतजावतमा सहज हुने थियो । त्यसैले पाकिस्तानमा भिसा प्रणाली नि:शुल्क हुनुपर्छ । नेपाली विद्यार्थीलाई सहज तरिकाले भिसा दिनु पर्ने नेपाली विद्यार्थी को राय छ । पाकिस्तानमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीको समस्या चाँडो भन्दा चाँडो समाधान हुनु पर्ने अहिलेको आवश्यकता हो । उच्च शिक्षा लिन यहाँ बस्ने नेपाली विद्यार्थीहरुको नेपालमा सेवा गर्ने लक्ष्य रहेको बताउँछन् । नेपालबाट बाहिर बस्दा नेपालको निकै सम्झना आउने गरेको पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन् ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf