
५ वैशाख, काठमाडौं । न्यूरोड भोटेबाहलकी इभाना मानन्धर यस वर्षको मिस नेपाल भएकी छिन् । भर्खरै उनी विजेता घोषणा भएकी हुन् ।उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्याइदिइन् ।
उनले १८ प्रतिस्पर्धीलाई पछि पारिन् । दिव्यता बैद्य फस्ट रनर अप भइन् । सेकेण्ड रनर अप मेधा कोइराला भइन् ।
द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् ।